✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ मार्गशीर्ष ११ गते तद्अनुसार सन् २०२४ नोभेम्बर २६ तारिख मंगलबार मार्गशीर्ष कृष्णपक्षको एकादशी तिथि हस्ता नक्षत्र प्रीति योग बब करण आनन्दादिमा सौम्य योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३५ मा भयो र सूर्यास्त साँझ १७ः७ बजे हुनेछ । उत्पत्तिका एकादशी व्रत ।
आजको राशिफल
मेष – नियमित काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । आफन्तले पनि काममा साथ दिनेछन् । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त होला । व्यावसायिक काम बीचमा अवरुद्ध बन्नसक्ने योग छ, सजग रहनुहोला । मित्रजनको साथ–सहयोग मिल्ने समय छ ।
वृष – दिन खासै उपलब्धिमूलक नरहला । छरछिमेकसंग सामान्य मनमुटाव बढ्ने देखिन्छ । कुरा काट्नेहरु सक्रिय रहनेछन् । विशिष्टजनबाट आलोचना हुन सक्छ । कसैसँग वादविवादको सम्भावना छ, बोली र व्यवहारमा सजगता अपनाउनुहोला । परिवारजनमा असमझदारी बढ्ने देखिन्छ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । आजको दिन सवारीसाधन र हातहतियारको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । समस्यामा परिवारजनको साथ मिल्नेछ ।
मिथुन – नोकरी एवम् राजनीतिमा बर्चस्व बढाउन सकिने समय छ । तर, कुनै काममा झमेलाको सामना गर्नुपर्ने देखिन्छ, सजगताका साथ कार्य गर्नु बेस होला । सभा–समारोहमा मान पुरस्कार प्राप्त हुने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कर्कट – पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम प्राप्ति हुने समय छ । अध्ययन–अध्यापनमा मन जाला । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । पराक्रम वृद्धिले नयाँ काम र जिम्मेवारी हात पार्ने अवसर जुर्ला । आरोग्यता रहनेछ । मिठोे भोजन प्राप्त हुनेछ । साथीभाइ सहयोगी बनेर देखापर्नेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
सिंह – आर्थिक लाभ हुने दिन छ । प्रायः सबै कामहरू बन्नेछन् । आम्दानीको नयाँ श्रोत फेलापर्नेछ । ठूला व्यक्तिको विश्वास सजिलै लिन सकिनेछ । बौद्धिक क्षमता प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइनेछ । ब्यापारमा पनि फाइदा होला । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्नेछ ।
कन्या – विगतमा गरेको गल्ती तथा कमजोरीका कारण तनाव सिर्जना हुनसक्ने देखिन्छ । वैदेशिक कार्यमा असफल भइ दुःख पाउने योग छ । भाग्यले साथ दिनेछैन । धननाश पनि होला । विवाद बढ्ने सामाजिक मर्यादामा संकट आउने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने सम्भावना छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । स्वास्थ्य सबल रहनेछ । आफन्तको साथ मिल्नेछ ।
तुला – व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कुनै काममा नजिकको नातेदारको समर्थन पाउने समय छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । कृषि तथा पशुपालनमा विशेष फाइदा होला । लगानी एवम् खर्च वृद्धि हुनेछ, ख्याल राख्नुहोला । साहसिक काममा आकर्षण बढ्नेछ ।
वृश्चिक – समय शुभदायी छ । धन आर्जनका माध्यमहरूको थालनी हुने देखिन्छ । परिवारमा पनि सुखको माहोल बन्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । आय वृद्धि हुनेछ । रोकिएको काम बन्नेछ । मिठो भोजन प्राप्त होला । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु – कर्मबल बढ्नेछ । परिवारमा खुशीको माहोल छाउला । नयाँ स्थानमा यात्रा हुनसक्ने योग छ । टाढाको यात्राबाट केही धनको पनि आर्जन हुने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । खेलकुद, भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ला । पुराना साथीसंगको भेटघाटले मन हर्षित हुनेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ ।
मकर – समय केही चुनौतीयुक्त छ । दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी हुन सक्छ । स्वास्थ्य पनि केही कमजोर नै रहला, जसले गर्दा सोचेको काममा बाधा ब्यहोर्नुपर्ला । सोचेअनुरुप काम नहुँदा खिन्नता पनि बढ्न सक्छ । शत्रु परास्त गर्ने सामर्थ्य बढ्नेछ । खेलकूद, भ्रमण जस्ता कार्यमा आकर्षण बढ्नेछ । यात्रागत कार्य सार्थक रहला ।
कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने दिन छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि होला । अरुको काम धेरै गर्नुपर्ने योग छ, तथापि जश भने कमै मिल्ला । छरछिमेकमा केही असमझदारी बढ्ने सम्भावना रहेकोले बोली र व्यवहारमा विशेष संयमता अपनाउनु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मीन – धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । बन्दव्यापारबाट लाभ मिल्नेछ । साझेदारीको काम बन्नेछ । स्वास्थ्य सबल रहला । पढाइलेखाइमा विशेष सफलता मिल्ने देखिन्छ । नयाँ काममा ध्यान दिए भविष्यका लागिसमेत लाभ मिल्नेछ । दाम्पत्य सुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।
प्रतिक्रिया