आजको पञ्चाङ्ग एवम् राशिफल (१२ मङ्सिर २०८१ बुधबार, २७ नोभेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ मङ्सिर २०८१ बुधबार, २७ नोभेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ मार्गशीर्ष १२ गते तद्अनुसार सन् २०२४ नोभेम्बर २७ तारिख बुधबार मार्गशीर्ष कृष्णपक्षको द्वादशी तिथि चित्रा नक्षत्र आयुष्मान योग कौलव करण आनन्दादिमा काल योग चन्द्रमा कन्या राशिमा १९ः१ बजेसम्म त्यसपछि तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३५ मा भयो र सूर्यास्त साँझ १७ः६ मा हुनेछ ।

आजको राशिफल

मेष – रोकिएको कार्य अघि बढ्ने र ब्यापार–ब्यवसायबाट विशेष लाभ मिल्ने समय छ । कुनै नयाँ कामको थालनी गर्नु राम्रो हुनेछ । काममा जाँगर चल्नाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभूति हुनेछ । दाम्पत्यसुख मिल्नेछ । साझेदारीको काम बन्नेछ । अनुकूलता वृद्धिले उल्लास छाउला । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – आजको दिन अनावश्यक रुपम मनमा डरको भाव पैदा हुनसक्छ । कसैसंग हल्का मनमुटाव पनि होला, सतर्क रहनु हितकर हुनेछ । विचारको तरङ्ग बढ्ने र समयमा निर्णय नहुँदा काममा अवरोध आउनसक्ने देखिन्छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना रहेकोले खानपानमा सावधानी अपनाउनुहोला । बौद्धिक काममा सफलता मिल्नेछ । पारिवारिक सहयोग मिल्नेछ ।

मिथुन – अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ भने नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । मान–सम्मानमा वृद्धि होला । प्रेमभाव वृद्धि हुनेछ । आँट–पराक्रम बढ्नेछ । शत्रुपक्ष परास्त हुने देखिन्छ ।

कर्कट – सोचेका काम पुरा भइ सुखको अनुभव हुने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखद रहला । परोपकार तथा धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । रुपैयाँपैसाको राम्रै कारोबार हुने देखिन्छ । कृषिकार्यबाट पनि फाइदा लिन सकिनेछ । व्यस्तता बढेपनि साथीभाइको सहयोगले सुखदानुभूति दिलाउनेछ । रसरागको भाव वृद्धि होला ।

सिंह – कतै अतिथिका रूपमा सम्मान पाइने समय छ । नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवादको अवस्था रहने देखिन्छ । कतै आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहारविहारमा आज विशेष सतर्क रहनु उचित हुनेछ । पराक्रम वृद्धि होला । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । बौद्धिक काममा विशेष सफलता मिल्नेछ ।

कन्या – दिन केही चुनौतीयुक्त रहनसक्छ । काममा आज अल्छीपनले सताउला । स्वास्थ्य कमजोर रहनाले काममा जाँगर चल्नेछैन । खानपानमा विशेष ध्यान दिनु हितकर हुनेछ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । यात्रागत कार्यमा भने सफलता मिल्ने योग छ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

तुला – परिश्रमअनुसार राम्रै उपलब्धि मिल्ने समय छ । रोकिएका काम फेरी सुरु हुन सक्छन् । बुद्घिको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आत्मीय मित्रजनसँग भेटघाट हुनसक्छ । आरौयबल वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला ।

वृश्चिक – पुराना साथीसँगको भेटघाटले मन रमाउने समय छ । आजको दिन चिताएको काममा सफलता पाइने एवम् धनलाभ पनि हुने देखिन्छ । महत्वपूर्ण कार्यमा कसैबाट साथ–समर्थन पाइएला । शुभता बढेर रोकिएको काम बन्नेछ । परिवारबाट सुखको अनुभुति पनि मिल्ला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यपन बढ्नेछ ।

धनु – स्वास्थ्यगत रूपले केही कमजोरी महसूस भएपनि समाजिक सम्मान मिल्ने समय छ । आज रमाइलो यात्राको योग पनि रहेको छ । अनौठो तरिकाबाट रुपैयाँपैसा आर्जन होला । कर्मबल वृद्धिका साथै आश मारेको काम बन्न सक्ने देखिन्छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । हाँसखेल तथा मनोरञ्जनका क्रममा दिन बित्नेछ ।

मकर – आजको दिन आर्थिक पक्ष खासै राम्रो छैन । नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनसक्छ । स्वास्थ्यगत समस्याले पनि केही सताउनसक्ने हुँदा विशेष सावधान रहनु उचित होला । भौतिक सरसामनको पनि क्षति हुने सम्भावना छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । शत्रुपक्ष भने कमजोर रहनेछ । चुनौतीका बाबजुद आफ्नो दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – बिग्रन लागेको काम पनि तपाईंको अथक प्रयासमा बन्ने समय छ । समस्यामा आफन्तको सहयोग प्राप्त हुनेछ । नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल रहला । बिहानीपखको उल्लास साँझसम्म कायम नरहन सक्छ, ध्यान राख्नुहोला । तथापि, सामर्थ्य वृद्धिका कारण कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – शुभदायी दिन छ । नचिताएको ठाउँबाट आम्दानी हुने तथा आम्दानीका बाटाहरु ख्ुाल्ने समय छ । ब्यापार ब्यवसाय फष्टाउनेछ । उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । खर्च पनि केही बढ्न सक्छ । रसरागमा आकर्षण रहला । दाम्पत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।