✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ मार्गशीर्ष १३ गते तद्अनुसार सन् २०२४ नोभेम्बर २८ तारिख बिहीबार मार्गशीर्ष कृष्ण पक्षको त्रयोदशी तिथि चित्रा नक्षत्र ८ः१९ पर स्वाती नक्षत्र सौभाग्य योग गर करण आनन्दादिमा चर योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३६ मा भयो र सूर्यास्त साँझ १७ः६ मा हुनेछ । प्रदोष व्रत ।
आजको राशिफल
मेष – लाभदायक समय छ । व्यापार–व्यवसायबाट अर्थिक लाभ मिल्नेछ । पारिवारिक सुख प्राप्तिले आत्मबल बढाउला । आरोग्यबल बढ्नेछ । प्रतिष्पर्धी एवम् शत्रुपक्षलाई पन्छाउने उचित समय छ, प्रयास गर्नुहोला । प्रेमभाव वृद्धि तथा सन्तान पक्षबाट सुख बढ्नेछ । समग्र पक्षमा अनुकूलता वृद्धि भएको अनुभूति होला ।
वृष – आकस्मिक रुपले सफलता वा असफलता मिल्ने खालको दिन छ । आर्थिक कारोबार बढ्ला । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने समय छ । बाहन चौपाया आदि प्राप्त हुने देखिन्छ । नयाँ सामान खरिदको योग छ । आँट वृद्धिका साथै पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । आफन्तजनको साथ प्राप्त होला ।
मिथुन – आजको दिन खास उपलब्धिमूलक नरहने देखिन्छ । अकारण डरत्रासको भाव जागृत हुनसक्छ । वादविवाद तथा झैझगडाको योग रहेकोले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु उचित हुनेछ । कामहरु अधुरा रहनसक्छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । आत्मीयजनबाटै असहयोग र आश गरेका व्यक्तिबाट धोका मिल्नसक्ने योग रहेकोले मनलाई दृढ तुल्याउनु हितकर होला । यात्रागत कार्य भने आंशिकरूपले सफल रहने देखिन्छ ।
कर्कट – आजको दिन घर-परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउने सम्भावना छ । कामहरु अधुरै रहनाले मन खिन्न रहला । आफन्तजनबाट खासै सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन् केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ । आर्थिक कारोबारले ब्यस्तता बढाउने सम्भावना छ । खेलकुद, भ्रमण, रसराग जस्ता क्रियाकलापमा आकर्षण बढ्ने समय छ ।
सिंह – रोकिएका अधुरा कामहरु पुरा हुनुका साथै व्यवहारिक समस्याको हल हुने समय छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम रहला । धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आरोग्यबल वृद्धिका साथै रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । रमाइलो यात्राको योग पनि छ । बौद्धिक, रचनात्मक तथा कलात्मक काम सार्थक बन्नेछन् । पारिवारिक सुखशांति बढ्नेछ ।
कन्या – दान पुण्यका कार्यमा आकर्षण बढ्ने समय छ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ । आजको दिन सोच्दैनसोचेको ठाउँबाट आर्थिक लाभ हुने योग छ । कृषिजन्य व्यापारबाट पनि राम्रो फाइदा हुने देखिन्छ । साथीभाइसितको छलफलले धनलाभको बाटो पत्ता लाग्न सक्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।
तुला – गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरेअनुसारको फल नमिल्नसक्ने समय छ । आज स्वास्थ्य पनि कमजोर रहेको अनुभूति होला । नियमित कार्यमा सामान्य बाधा आउनुका साथै आर्थिक हानी हुनसक्ने योग छ । चुनौतीका बाबजुद साहसिक काममा आकर्षण रहला । मित्रजनको सहयोग मिल्नेछ ।
वृश्चिक – रोकिएका कामहरु बन्नथाल्नाले उत्साह वृद्धि हुने समय छ । देखापरेका समस्याहरूको हल हुनेछ । आर्थिक पक्षमा सफलता मिल्नुका साथै आत्मीय मित्रसंगको भेटले मन रमाउने योग छ । बौद्धिक क्रियाकलाप वृद्धि र त्यसले लाभ दिलाउने देखिन्छ । सामर्थ्य वृद्धि र शत्रुपक्ष परास्त हुनेछ । सुख-सुविधाको वस्तुमा लगानी होला । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ ।
धनु – धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । समस्याहरु आफै किनारा लाग्नेछन् । उद्योग, कलकारखानामा लगानी गर्दा विशेष फाइदा हुने योग छ । आजको परिश्रम खेर नजाला । अर्थलाभ र नियमित कर्ममा पनि प्रगतिको प्रशस्त सम्भावना छ । सुखद यात्रा हुनसक्छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक कार्यमा आकर्षण रहला ।
मकर – कृषिकर्म र व्यावसायिक काममा केही चुनौतीको सामना गर्नुपरे पनि यात्रागत कार्यको लागि उचित समय छ । अनौठो र लाभदायक यात्राको योग छ । कर्मबल बढ्नेछ । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ ।
कुम्भ – दिन केही चुनौतीयुक्त रहन सक्छ । सोचेअनुरुप काम नहुने र सापटी रकम फिर्ता नहुने योग छ । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुने देखिन्छ । खर्च वृद्धिले मन अशान्त तुल्याउन सक्छ । बौद्धिक तथा रचनात्मक कार्य सफल रहनेछ ।
मीन – मिश्रित फलदायी समय छ । दौडधुप बढ्नेछ । नियमित काममा भने मन नजान सक्छ । पारिवारिक सुखको योग छ, तर प्रेमसम्बन्धमा देखापरेको खटपटमा केही सुधार आएपनि मानसिक तनावकै अवस्था रहला । विवादको योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ ।
प्रतिक्रिया