✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ मार्शीर्ष १५ गते तद्अनुसार सन् २०२४ नोभेम्बर ३० तारिख शनिबार मार्गशीर्ष कृष्ण पक्षको चतुर्दशी तिथि १०ः०१ पर अमावश्या तिथि विशाखा नक्षत्र अतिगण्ड योग चतुष्पाद करण आनन्दादिमा शुभ योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३८ मा भयो र सूर्यास्त साँझ १७ः६ मा हुनेछ । बालाचतुर्दशी, शतबीज छर्ने ।
आजको राशिफल
मेष – दिन शुभदायी छ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्ला । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । दामपत्यसुख बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । आमोदप्रमोदमा रम्ने अवसर जुर्ला ।
वृष – नोकरीमा उन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । आजको दिन खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिने योग भएपनि आँटेको काममा सफलता मिल्ने देखिन्छ । अरुबाट आलोचना हुने, धनमाल हराउने, सम्भावना पनि रहेको छ, होसिीयारी अपनाउनुहोला । प्रतिभाको उच्च मूल्यांकन हुनाले प्रशन्नता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्तसुख बढ्नेछ ।
मिथुन – जाँगर-जोशमा कमी आएपनि जिम्मेवारी भने बढिरहने समय छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउने योग छ । प्रतिकुलताका बाबजुद आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । तथापि, जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ, होसियार रहनुहोला । प्रेमभाव वृद्धि हुनेछ ।
कर्कट – व्यस्तता बढ्नेछ । आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यवसायिक काममा खर्च बढ्नेछ भने भेटघाटको अलमलले नोक्सान पुऱ्याउन सक्छ । तापनि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । मानसम्मानका साथमा आम्दानी बढ्ने योग पनि छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ । आरोग्यबल बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
सिंह – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रेमसम्बन्धमा प्रगतिको योग छ । स्वास्थ्य भने केही कमजोर रहन सक्छ, खानपानमा विशेष ख्याल राख्नु उचित होला । उत्साहवर्द्धक समाचारले पराक्रम वृद्धि गराउला । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । कलात्मक काममा विशेष सफलता मिल्नेछ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ, ख्याल राख्नुहोला ।
कन्या – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि–चौपायामा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका जुर्ला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।
तुला – बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा होला । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने योग छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन्, तर विलासितामा खर्च बढ्न सक्छ । आरोग्यबल बढ्नेछ । साहसिक कामका साथै रसरागमा आकर्षण रहला ।
वृश्चिक – नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने देखिन्छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला । प्रतिस्पर्धामा केही कमजोर सावित भइने योग रहेकोले विशेष सजग रही कार्य गर्नु उचित हुनेछ । आफन्तजन टाढिएलान् । भौतिक बस्तुको आकर्षणले खर्च वृद्धि हुन सक्छ । बौद्धिक र रचनात्मक कार्यमा आंशिक प्रगति होला ।
धनु – आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि विशेष काम सम्पादन हुनेछन् भने परिवारजनको सहयोग लिने प्रयत्न गर्नु हितकर होला । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । नसोचेको ठाउबाट धन प्राप्त भइ मन प्रसन्न रहला । कर्मबल बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहने देखिन्छ ।
मकर – लाभदायी काम प्रारम्भ गर्ने समय छ । कामका लागि प्रशंसा मिल्नेछ । साझेदारीमा पनि राम्रो फाइदा हुने योग छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । यात्रागत कार्य बन्ने देखिन्छ । रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनाले आफ्नो दायित्व पूरा गर्नुहुनेछ ।
कुम्भ – दौडधुप वृद्धि होला । आलस्यले गर्दा अवसर गुम्नसक्ने समय छ । अति आवश्यक अवस्थाबाहेक आर्थिक कारोबार नगर्नु नै उचित हुनेछ । नोकरीमा स्थानान्तरणको सम्भावना छ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सजग रहनु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।
मीन – बिनाप्रतिस्पर्धा फाइदा हुने तर अरूको भरपर्दा काम रोकिन सक्ने दिन छ । हिम्मत गर्न नसक्दा महत्वपूर्ण योजना कार्यान्वयन नहुन सक्छ, ख्याल राख्नुहोला । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुने योग छ । रसरागमा आकर्षण रहनेछ भने खर्चमा केही वृद्धि हुनसक्छ । आफन्तको साथ र मिठो भोजन प्राप्त हुनेछ ।
प्रतिक्रिया