✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ मार्गशीर्ष १७ गते तद्अनुसार सन् २०२४ दिसेम्बर २ तारिख सोमबार मार्गशीर्ष शुक्ल पक्षको प्रतिपदा तिथि ज्येष्ठा नक्षत्र धृति योग बालब करण आनन्दादिमा पद्म योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३९ मा भयो र सूर्यास्त साँझ १७ः६ मा हुनेछ । गढीमाई मेला प्रारम्भ ।
आजको राशिफल
मेष – मिश्रित फलदायी समय छ । हातबाट अवसर गुम्न सक्छ, ध्यान दिएर काम गर्नु होला । तपाईंका कमजोरीप्रति आफन्तजनले टिप्पणी गर्लान् । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ, मौकाको लाभ लिन मिहेनत भने चर्कै गर्नुपर्ने देखिन्छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
वृष – दिन शुभदायी छ । नयाँ काममा हात हाल्ने समय आएको छ । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्ला । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । मान र विद्या प्राप्त हुने योग छ । सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । दाम्पत्यसुख बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तजनको साथले उत्साह बढ्नेछ ।
मिथुन – उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुने देखिन्छ । आज साथीभाइहरुबाट फाइदा उठाउन सकिएला । केही खर्च लागे पनि चिताएको काम बन्ने देखिन्छ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अरुले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउने योग छ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । कुनैपनि समस्याको समाधान प्राप्त हुने समय छ ।
कर्कट – चुनौतीयुक्त समय छ । आज कुनै अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान दिनुहोला । खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । तथापि, विपरीतलिंगी वा केही हितैषी मित्रहरूले साथ दिनेछन् । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्छ । प्रेमभावका साथै सन्तानसुख बढ्ला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
सिंह – विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । आज तपाइलाई विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ, सजग रहनुहोला । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सजक रहनु हितकर हुनेछ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि प्राप्त हुनसक्ने योग छ । व्यस्तताका साथै खर्च पनि बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । नयाँ काममा हात हाल्ने समय आएको छ । पढाइलेखाइमा पनि प्रगति हुने योग छ । लुगा, भोजन र विशेष उपहार हातलागी हुनेछन् भने भोगविलासमा मन रमाउनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । सामाजिक मान महत्व मिल्नेछ ।
तुला – प्रेम र मित्रताको बन्धन कसिने समय छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । विपरीतलिंगीहरूको माध्यमबाट बढी लाभ होला । रोकिएका काममा फेरि प्रयत्न गर्नु बुद्धिमानी ठहरिनेछ । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । साहसिक काममा आकर्षण बढ्नेछ ।
वृश्चिक – विशेष अवसर प्राप्त भए पनि आजको दिन इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । आफ्नाबाटै धोका पाइने सम्भावना छ । अनायसै खर्च पनि हुन सक्छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहला । आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने योग रहेकोले विशेष सावधानी अपनाउनु हितकर हुनेछ । अलिक दृष्टिभ्रममा परिएला । सुख–सुविधाको बस्तुमाथि खर्च हुनसक्छ । योजना र बजेट बनाएर मात्र कार्य गर्नु बेस होला ।
धनु – आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । अर्थअभावले काम रोकिन सक्छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । तथापि, आज ठूला ब्यक्तिहरुबाट मानसम्मान प्राप्त हुने देखिन्छ । नजिकका साथीभाइ टाढिनसक्छन् तर नयाँ मित्रजनसँग सम्बन्ध गाँसिने योग छ । मिष्ठान्न भोजन पनि प्राप्त हुने दिन रहेको छ । खेलकुद, भ्रमणलगायतका मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्ला । बौद्धिक र रचनात्मक काम बन्नेछ ।
मकर – विगतका कमजोरी सच्याउने मौका मिल्ने दिन छ । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइएला । धनलाभ पनि हुने देखिन्छ । तथापि, परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ । काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, सजग रहनुहोला । तथापि, ब्यापारबाट भने फाइदै हुने समय रहेको छ । दिगो आम्दानी हुने काम सुरु हुन सक्छ । आयबल बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ – कर्मबल वृद्धि भएपनि आजको दिन अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलिक सावधानी अपनाउनु हितकर हुनेछ । पढाइलेखाइमा पनि आज खासै जाँगर नचल्ला । आर्थिक अभावले सताउन सक्छ, उठ्नुपर्ने रकम हातलागी हुन कठिन छ । यात्रागत कार्य भने सफल रहला ।
मीन – दिन केही चुनौतीयुक्त र परिस्थिति अलिक संघर्षमय रहला । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । सोचेको काम समयमा नबन्नाले दुःखको अनुभूतिहोला । मनोरञ्जनको अवसर तथा भोजभतेरको निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउने योग छ । आज केही अवसर जुटे पनि अप्ठ्यारा कामको बोझ थपिन सक्छ । काममा आफन्तको साथ मिल्नेछ ।
प्रतिक्रिया