इलाम समाज बेलायतको छैटौं महाअधिबेसन, नयाँ कार्यसमिती अध्यक्ष पदमा कमल राई मनोनित

इलाम समाज बेलायतको छैटौं महाअधिबेसन, नयाँ कार्यसमिती अध्यक्ष पदमा कमल राई मनोनित


ilam logo1गत शनिवार्, २८ मार्च २०१५, इलाम् समाज बेलायतका निवर्तमान अध्यक्ष राजेन्द्र राईको सभापतित्वमा भेटघाट गोर्खा रेस्टुरेन्ट अल्डर्शटमा संस्थाको छैटौ महाअधिवेशन सुसम्पन भयो ! संस्थाका विशिष्ट सल्लाहकार डिल्ली कुमार गुरुङ, रमेश गुरुङ, पदम राई लगायत झन्डै ६५ जना बेलायतबासी इलामेहरुको उपथिति रहेको उक्त कार्यक्रम २ चरणमा संचालन गरिएको थियो ! कार्यक्रमको पहिलो चरण निवर्तमान अध्यक्ष राजेन्द्र राई उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै आफ्नो अमुल्य समय दिएर संस्थाको अधिवेशन भएको गौरवपूर्ण उपस्थितिको निम्ति धन्यवाद ब्यक्त गर्दै उदघाटन गर्नु भएको थियो ! यसपश्चात उहाँले क्रमशः वार्षिक प्रतिबेदन पेश गर्नु भएको थियो ! यसैगरी कोषाध्यक्ष कृष्ण देवानले आर्थिक प्रतिवेदन पेश गर्नु भएपश्चात उक्त कार्यसमितिको कार्यकालमा भएको विभिन्न उपलब्धिमूलक कार्यहरुको लेखाजोखा भएको थियो ! जसमा इलाम, गोदकमा अवस्थित वृद्धाश्रमलाई संस्थाले गरेको आर्थिक, भौतिक सहयोग, “इलाम प्रतिबिम्ब” नामक संस्थाको मुखपत्र प्रकाशित, ईलाममा आयोजित प्रथम अन्तर्राअष्ट्रिय स्तरको फूटबल प्रतियोगितामा आर्थिक सहयोग साथै बिद्यार्थी भीसामा बेलायतमा रहेकी पशुपतिनगर निवासी सुश्री प्रविणा योल्मोलाई उपचारार्थ इलामे दाजुभाइ आर्थिक रकम संकलन गरिएको सुकार्य अति नै उल्लेखनीय रहेको र आउँदो दिनहरुमा पनि संस्थाले यसरी नै निस्वार्थ सेवाभावले सामाजिक कार्यहरुमा सहयोग गर्दै लैजाने कुरामा विस्वस्त् रहेको बरिष्ठ् सल्लाहकार डिल्ली कुमार गुरुङले ब्यक्त गर्नु भयो ! यस प्रथम चरणको कार्यक्रमलाई संस्थाका महासचिव मुकेश राईले कुशलतापूर्वक संचालन गरेका थिए !
यसपश्चात खानाको ब्यवस्था गरिएको थियो ! यसपश्चात लगत्तै संस्थाका अध्यक्ष राजेन्द्र राईले २ आफ्नो कार्यकालमा सहयोग गर्नुहुने सम्पूर्ण ब्यक्ति बिशेषलगायत इलाम समाजका सम्पूर्ण सदस्यहरुलाई हार्दिक आभार ब्यक्त गर्दै उक्त कार्यकारीणी समितिलाई बिघटन गरेर नयाँ कार्यसमिति चयनका निम्ति जिम्मेवारी गर्नुहुने Election Committee का अध्यक्ष एवं संस्थाका वरिष्ठ सल्लाहकार रमेश गुरुङज्युलाई मन्च हस्तान्तरण गर्नु भएको थियो !
उक्त दोस्रो चरणको कार्यक्रम नयाँ कार्यसमितिको चयन अति नै सौहार्दपूर्ण बातावरणमा अगाडि बढेको थियो ! इलाम समाज बेलायतको अध्यक्ष पदको निम्ति दुई निवर्तमान उपाध्यक्ष गजेन्द्र कटुवाल र शंकर राईलगायत संस्थाका विशिष्ठ सदस्य कमल राई गरी ३ जनाको उमेद्वारी दर्खास्त परेकोमा कमल राईले बहुमतले अध्यक्ष पदमा मनोनित हुनु भएको छ ! त्यसैगरी संस्थामा दुईजना रहँदै आएको उपाध्यक्षको निम्ति गोपाल गिरी र प्रमिला लाबुङ राई, महासचिव मुकेश राई, सहसचिव निरज ताम्राकार, कोषाध्यक्ष कृष्ण देवान, सहकोषाध्यक्ष रमेश गुरुङ (पदम) प्रमुख संयोजक गजेन्द्र देवान, जनसम्पर्क तथा वेभ संयोजक खड्क राई, खेलकुद संयोजक उमाकान्त गुरुङ र साँस्कृतिक संयोजक चोक गुरुङ चुनिएका छन् । यसैगरी सल्लाहकारहरु डिल्ली कुमार गुरुङ, रमेश गुरुङ, गजेन्द्र कटवाल र राजेन्द्र राई रहनु भएको छन् । नवनिर्वाचित अध्यक्ष लगायत सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुलाई संस्थाका वरिष्ठ सल्लाहकार डिल्ली कुमार गुरुङ ज्युले गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
नयाँ कार्यसमिती गठनका लागि सल्लाहकार रमेश गुरुङको संयोजकत्वमा संस्थाका विशिष्ठ सदस्य प्रेमबहादुर राई र सदस्य गोपाल राई रहेका थिए !
अन्त्यमा इलाम् समाजका नव गठित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुमा हार्दिक बधाई एव अनेक शुभकामना !
-मुकेश राई