आजको पञ्चाङ्ग एवम् राशिफल (२० मङ्सिर २०८१ बिहीबार, ५ डिसेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० मङ्सिर २०८१ बिहीबार, ५ डिसेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं.११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ मार्गशीर्ष २० गते मार्गशीर्ष शुक्ल पक्षको चतुर्थी तिथि तद्अनुसार सन् २०२४ दिसेम्बर ५ तारिख बिहीबार उत्तराषाढ़ा नक्षत्र वृद्धि योग बब करण आनन्दादिमा सौम्य योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४१ मा भयो र सूर्यास्त साँझ १७ः७ मा हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । तर इर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । आम्दानी बिगार्नेहरू सक्रिय रहने योग छ । राजकाजमा सफलता प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृष – भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिएला । आयआर्जन राम्रै हुनेछ । सरसापटमा धन खर्च हुने समय छ । आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, ध्यान राख्नुहोला । धर्मकर्ममा आकर्षण बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नाले उत्साह वृद्धि होला ।

मिथुन – प्रतिभाको कदर हुनेछ भने एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिएला । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ने देखिन्छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । महत्वपूर्ण कार्यमा अरुको भर नपर्नु हितकर हुनेछ ।

कर्कट – भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । ब्यवसायमा राम्रै लाभ होला । अरुको भर नपरी परिस्थितिअनुसार चल्ने प्रयास गर्नुहोला । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । पारिवारिक सुख वृद्धि र प्रेमभाव बढ्नेछ । रोकिएको काम बन्ने देखिन्छ ।

सिंह – अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने समय छ । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । मान्यजनसँग असमझदारी बढ्ने योग हुनाले विशेष सावधानी अपनाउनु उचित हुनेछ । अरूको सुझावमा भर नपर्नु बुद्धिमानी ठहरिनेछ । कसैसंग सामान्य मनमुटाव हुनसक्छ, बोली र व्यवहारमा लचकता अपनाउनुहोला । केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहने देखिन्छ

कन्या – सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने र लगनशीलताले कीर्तिमानी दिलाउन सकिने समय भएपनि महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै उचित रहला । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । परिवारजनको सहयोग लिनु हितकर हुनेछ । आरोग्यता रहनेछ । प्रेमभाव वृद्धि र मानसम्मान पनि पाइने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला – नियमित कामबाट फुर्सदिलो महसूस भइ सामाजिक काममा रुचि बढ्ने समय छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतै अतिथिका रूपमा सत्कार पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा राम्रै फाइदा पुग्ने देखिन्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नु उचित हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ । रसरागको भाव वृद्धि होला ।

वृश्चिक – आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्ने समय छ, सचेत रहनुहोला । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । व्यापार-व्यवसायमा भने केही लाभ नै हुने देखिन्छ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ला । मान र विद्या प्राप्ति र धनलाभको योग पनि छ । चुनौतीका बाबजुद साहसिक काममा आकर्षण बढ्ला । रसरागको भाव जागृत हुने देखिन्छ । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहन सक्छ । नचिताएको ठाउँमा धन खर्च हुनसक्ने योग छ । स्वास्थ्य कमजोर रहनाले जोशजाँगरमा कमी आउन सक्छ, ध्यान राख्नुहोला । पठनपाठनमा समय दिन नसकिएपनि आंशिक रुपमा रचनात्मक कार्य बन्नेछ ।

मकर – काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय भएपनि कीर्तिमानी काम सम्पादन होला । शत्रुहरूको चलखेल बढ्नाले चुनौती भने बढ्ने देखिन्छ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । नयाँ काममा हात हाल्ने योग छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउने देखिन्छ । चिताएका महत्वपूर्ण काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धिले विशेष काममा सफलता मिल्नेछ ।

मीन – सेवामूलक कामबाट धनलाभ हुने समय छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । आफन्तजन केही रुष्ट हुनसक्छन्, सजग रहनुहोला । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ । नियमित कार्यमा जाँगर खासै नचल्ने देखिन्छ ।