✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं.११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ मार्गशीर्ष २५ गते तद्अनुसार सन् २०२४ दिसेम्बर १० तारिक मंगलबार मार्गशीर्ष शुक्ल पक्षको दशमी तिथि उत्तराभाद्रपद नक्षत्र व्यतिपता योग तैतिल करण आनन्दादिमा सिद्धि योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४५ मा भयो र सूर्यास्त साँझ १७ः७ मा हुनेछ । कीर्तिपुरमा इन्द्रायणी यात्रा, मानवअधिकार दिवस ।
आजको राशिफल
मेष – आजको दिन अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आज तपाइले सोचेको काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । नजिकका साथीभाइ टाढिन सक्छन् । आफन्तबाट टाढिनुपर्ने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । इष्टमित्रको सहयोगले रोकिएको काम बन्ला ।
वृष – बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । आज काम बिग्रने डरले सताउला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नु उचित होला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने देखिन्छ । नसोचेको ठाउँबाट धनलाभ हुने योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मिथुन – कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । धर्मकर्ममा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । आज धनलाभको संभावना छ, साथै टाढाको यात्राको पनि योग रहेको छ । दिन रमाइलैसँग बित्नेछ । आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ ।
कर्कट – पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्ला । ठूलै फाइदाको आश्वासन पनि पाइने देखिन्छ । विशेष योजनाहरू बन्नेछन् भने टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । जोखिमका बाबजुद काम गर्ने तपाईंको शैलीको धेरैले तारिफ गर्नेछन् । साथीभाइको सहयोग प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आजको दिन मसलाजन्य खानाबाट सावधान रहनुहोला ।
सिंह – मिश्रित फलदायी समय छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ तर असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । फाइदा मिल्नेछ । दाम्पत्यसुख बढ्नेछ । रसरागको कार्यक्रममा आकर्षण रहला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुनेछ । लाभांश सञ्चय नहुन सक्छ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । साथीभाइको सहयोग प्राप्त हुनाले पराक्रम बढ्ला । समस्याको समाधान मिल्नेछ । पारिवारिक जमघटमा मन रमाउला, तर भेटघाटको अलमलले नोक्सान पर्नसक्छ, ध्यान राख्नुहोला । प्रतिस्पर्धी परास्त हुनेछन्, सहयोगीहरूले राम्रै साथ दिनेछन् ।
तुला – काममा लगानीको समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । विदेश भ्रमणका लागि प्रयत्न गर्दा सफलता हात लाग्नसक्छ । धन आर्जन गर्ने मौका जुर्ला । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । प्रेमभाव बढ्नेछ । आरोग्यबल बढ्नेछ ।
वृश्चिक – ब्यस्तताका साथै खर्चको मात्रा बढ्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । तथापि, मेहनतले प्रशस्त लाभ उठाउन सकिने समय छ । व्यापारमा पनि राम्रै फाइदा होला । विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त हुनेछ तर सहयोगी भनिएकाहरूबाट अलिक धोका पाइने सम्भावना छ, सचेत रहनुहोला । पराक्रम बढ्नेछ । रोकिएको काम बन्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु – लाभ हुने काम प्रारम्भ गर्ने समय छ भने गरिएका कामको राम्रै मूल्यांकन होला । साझेदारीमा पनि फाइदा हुनेछ । तर, उपहारका नाउँमा बिग्रेको बस्तु हातलागी हुने योग छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ, सजग रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । सामाजिक दायित्व बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।
मकर – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रतिष्ठा कमाउने बेला छ । विभिन्न अवसरले पछ्याउनेछन् । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ कामसमेत हात पर्नेछ । बोलीको प्रभाव एवं कार्यसम्पादनको क्षमता बढ्नेछ । तथापि, अनावश्यक वादविवादमा परिने योग छ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास र पराक्रम बढ्नेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा हुनेछ ।
कुम्भ – सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिएला, तर होसियारीसाथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कृषिकर्म र व्यावसायिक काममा राम्रै फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि फाइदा हुनेछ । मिहेनतले कीर्ति दिलाउनेछ, धन बढ्नेछ । भ्रमणसम्बन्धी काय सार्थक रहला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मीन – दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउने योग छ । चुनौतीहरू स्वतः हट्नेछ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ, ध्यान राख्नुहोला । स्वादिष्ट भोजनमा मन रमाउनेछ । आरोग्यबल बढ्नेछ । सुख सुविधाको बस्तु प्राप्त होलान् ।
प्रतिक्रिया