आजको पञ्चाङ्ग एवम् राशिफल (२६ मङ्सिर २०८१ बुधबार, ११ डिसेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ मङ्सिर २०८१ बुधबार, ११ डिसेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ मार्गशीर्ष २६ गते तद्अनुसार सन् २०२४ दिसेम्बर ११ तारिख बुधबार मार्गशीर्ष शुक्ल पक्षको एकादशी तिथि रेवती नक्षत्र १०ः३ पर अश्विनी नक्षत्र वरियान योग वणि करण आनन्दादिमा उत्पात योग चन्द्रमा मीन राशिमा १०ः३ बजेसम्म त्यसपछि मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४६ मा र सूर्यास्त साँझ १७ः८ मा हुनेछ । मोक्षदा एकादशीव्रत, गीताजयन्ती, चाँगुनारायण महास्नान ।

आजको राशिफल

मेष – केही खर्च भए पनि दानपुण्य र भेटघाटमा खर्च हुनाले मनमा सन्तोष मिल्नुका साथै मानसिक सन्तुष्टि प्राप्त हुने दिन छ । सन्तानबाट सन्तोष प्राप्त होला । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । मिठो भोजन प्राप्ति र यात्रामा सफलता मिल्नेछ । विद्या, बौद्धिक क्षेत्रमा राम्रो छ । आकस्मिक धनको लाभ हुने योग छ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – आर्थिक पक्ष सबल बन्ने र अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिने समय छ । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । तथापि, नचिताएको काममा पैसा खर्च हुने योग छ, सावधान रहनुहोला । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । ब्यापारमा सफलता पाइएला । प्रगतिको दर बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नाले उत्साह बढ्नेछ ।

मिथुन – जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने समय छ । आज पढाइलेखाइका काममा पनि राम्रो हुने सङ्केत छ । सोचेका काम सजिलैसंग पुरा गर्न सकिनेछ भने लाभदायी यात्राको योग छ । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला । धर्मकर्ममा आकर्षण रहनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – आजको दिन पारिवारिक जीवन सामान्य रहने छ तर लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् भने समस्याको हल हुनेछ । तथापि, मेहनतअनुसारको फल नपाइने योग छ । जोखिम बढ्नेछ, घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । यसका बाबजुद कर्मबल वृद्धि हुनेछ । साथीभाइको सहयोग मिल्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह – साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । कुनै लाभदायक समाचार सुन्न पाइएला । तर, आज खर्च पनि बढ्ने देखिन्छ । सापटी दिएको पैसा फिर्ता नहुने योग छ । स्वाथ्यगत समस्याले सताउन सक्छ । बौद्धिक रचनात्मक र कलात्मक काममा भने सफलता मिल्नेछ ।

कन्या – लामो समयदेखि रोकिएका काम बन्दै जाने समय छ । धनलाभ होला । मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ । साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला । सामाजिक कामबाट प्रशंसा मिल्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । पराक्रम वृद्धि भएको अनुभूति हुनेछ ।

तुला – मित्रजनबाट सहयोगका साथै सुख मिल्ने समय छ । नोकरीमा प्रशंसनीय कार्य गरिएला । आज तपाईंले नसोचेको ठाउबाट धन आर्जन गर्नसक्ने योग छ । साथीभाइले राम्रो साथ दिनेछन् भने मातापिताको आशीर्वाद पनि प्राप्त होला । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने सम्भावना छ । मान-सम्मान र प्रतिष्ठा बढ्नेछ । प्रेमभाव वृद्धि र आरोग्यबल बढ्नेछ ।

वृश्चिक – आजको धेरै समय घरेलु काममै अल्झनुपर्ने देखिन्छ । कामको बोझले थाकेको महसुस होला । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनसक्छ, धैर्य राख्नुहोला । कहीं कसैसंग विवाद वा झैझगडा हुनसक्ने योग छ । घर-गृहस्थीमा समस्या आउन सक्छ । सवारी साधनको प्रयोगमा विशेष सजगता अपनाउनुहोला । घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । प्रतिकुलताका बाबजुद रोकिएको काम बन्ने समय छ ।

धनु – मिश्रित फलदायी दिन छ । कमी-कमजोरीलाई सुधार गर्न सकिनेछ भने सन्तान पक्षबाट सन्तोष प्राप्त हुने देखिन्छ । धार्मिक स्थल आदिको भ्रमण हुन सक्छ । प्रक्रिया नमिल्नाले काम दोहोऱ्याउनुपर्ने स्थिति आउन सक्छ, सावधानीपूर्वक काम गर्नु उचित होला । अनावश्यक साइनो गाँस्नेहरूसँग आजको दिन विशेष सावधान रहनुहोला । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – व्यस्तता बढ्नेछ भने नियमित कार्य सन्तोषजनक नै रहनेछ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नसक्छ । स्वास्थ्य भने केही कमजोर रहे देखिन्छ, सजगता अपनाउनुहोला । लेनदेन कार्यमा नसोचेको समस्या देखिन सक्छ । आजको दिन विवादबाट बच्ने प्रयास गर्नुहोला । प्रयत्न गर्दा साथीभाइको सहयोग जुटाउन सकिनेछ । सभासम्मेलनमा सहभागी हुने अवसर मिल्ने योग छ । छ । स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – सुखद समाचार सुन्न पाइनेछ । विविध लाभ पनि होला । रोकिएका काम बन्ने, नयाँ काम सुरु गर्न सकिने र विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रै साथ दिनेछन् । उद्योग तथा व्यापारमा विशेष फाइदा हुने योग छ । धार्मिक तथा सामाजिक काममा अधितर समय बित्ने देखिन्छ । मिठो भोजन प्राप्त होला । मनमा उल्लास छाउनेछ ।

मीन – आजको दिन काममा खास जाँगर नलाग्न सक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित होला । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । पढाइलेखाइमा समय दिन नसकिएला । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । आज सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । भीडमा धनमाल हराउनसक्ने योग रहेकोले सजग रहनुहोला । आरोग्यता रहनेछ ।