✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं.२०८१ मार्गशीर्ष २७ गते तद्अनुसार सन् २०२४ दिसेम्बर १२ तारिख बिहीबार मार्गशीर्ष शुक्ल पक्षको द्वादशी तिथी अश्विनी नक्षत्र ८ः२४ पर भरणी नक्षत्र परिघ योग बब करण आनन्दादिमा मानस योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४६ मा भयो र सूर्यास्त साँझ १७ः८ मा हुनेछ ।
आजको राशिफल
मेष – आजको दिन अनावश्यक ठाउमा पैसा खर्च हुने देखिन्छ, सोचविचार गरेरमात्र कारोबार गर्नु उचित होला । बन्दव्यापारमा पनि घाटा हुने देखिन्छ । स्वास्थ्य केही कमजोर रहला, खानपानमा विशेष सजगता अपनाउनु हितकर हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।
वृष – टाढिएका सहयोगीहरूको पनि साथ मिल्ने समय छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् भने धनजनमा वृद्धि हुनेछ । मित्रजनको समर्थन पाइएला । तथापि, आज पढाइलेखाइमा भने खासै मन नजाने देखिन्छ । पारिवारिक समस्याको समाधान मिल्ने योग छ । यात्रापरक काम बन्नाले उत्साह बढ्नेछ ।
मिथुन – आर्थिक क्षेत्र सबल तथा फलदायी हुने दिन छ, नसोचेको ठाउँबाट धनार्जन होला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । भएको ब्यापार-व्यवसायमा उन्नतिका साथै नयाँ व्यवसाय पनि शुरु गर्न सकिएला । अचानक उपहार मिल्ने योेग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा ज्यादा फाइदा हुनेछ । मान-पुरस्कार प्राप्त हुने देखिन्छ ।
कर्कट – समय शुभदायी छ । रमाइलो यात्रा हुने र यात्रामा हुने भेटघाटले मनोबल बढाउनुको साथै रमाइला कुरा गर्ने अवसर मिल्ला । कमाइधमाइमा बढोत्तरी होला । पढाइलेखाइमा सफलता यथावत रहनेछ भने विशिष्टजनबाट बुद्धिको तारिफ हुनेछ । मित्रजन सहयोगी रहलान् । मनोकूलता बढेर रोकिएको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – दिन केही चुनौतीयुक्त रहने देखिन्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । खर्च वृद्धिका साथै विवाद बढ्ने, काममा अवरोध आउने र मनमा चिन्ता जागृत हुने सम्भावना छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ, रुपैयाँपैसाको लेनदेनले हानी निम्त्याउला । स्वास्थ्यगत समस्याले केही दुःख दिन सक्छ । प्रतिकुलताका बाबजुद बौद्धिक कार्यबाट धनलाभ हुने योग छ । रसरागको कार्यक्रममा आकर्षण बढ्ला । ।
कन्या – ब्यस्तता बढेपनि आजको दिन हौसला वृद्धिका साथै पराक्रमी कर्ममा मन जाने देखिन्छ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । आमाको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । मित्रजनसँगको भेटघाटले मन प्रफुल्ल रहला । आजको दिन खर्च भने केही बढ्न सक्छ, योना र बजेट बनाइ व्यवहार गर्नु हितकर होला । आफन्तको साथले कार्य–व्यवहार सुल्झनेछ ।
तुला – धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने समय छ । तपाईंको विशेष प्रयत्नले धन–मान कमाउने अवसर मिल्ला । व्यापारमा गरेको लगानी सन्तोषप्रद रहनेछ भने रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु गर्न सकिने छ । शुभदायी कुराको सङ्केत प्राप्त होला । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
वृश्चिक – रमाइलो तरिकाले कामहरू गर्न पाइने दिन छ । उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनुका साथै साहस बढ्नेछ । आजको श्रमले पछि फल राम्रो मिल्नेछ । रोकिएका काम मिहिनेतले बन्नेछ । मिठो भोजन प्राप्त होला । सुख वृद्धि हुनेछ । आरोग्यबल बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु – नसोचेको ठाउँमा धनको नाश हुनसक्ने समय छ, होसियारी अपनाउनुहोला । वादविवाद, झैझगडाबाट बच्न विशेष सजगता अपनाउनुहोला । कामको बोझले थाकेको महसुस हुनसक्छ । घर–गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसँग झैझगडा हुनसक्ने योग छ । संयमतालाई शक्ति तुल्याउन सकिनेछ, ध्यान राख्नुहोला । साथीभाइ एवम् कुटुम्ब–नातेदारको सल्लाह–सहयोगको खाँचो महसूस होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मकर – मनमा दुविधा रहनसक्ने समय भएपनि मानप्रतिष्ठा अभिवृद्धि हुने देखिन्छ । अभिभावक र साथीभाइले आवश्यक सहयोग प्रदान गर्नेछन् भने सामाजिक काममा नाम रहने योग छ । आजको दिन जागिरमा भने विशेष होसियारी अपनाउनु हितकर हुनेछ । स्वास्थ्यका दृष्टिकोणल राम्रो समय छ । आर्थिक लाभ हुने तर आर्थिक व्यवहारमा कसैसंग सानोतिनो मनमुटाव हुन सक्छ, सावधान रहनुहोला । । काममा नियमकानूनले साथ दिनेछ ।
कुम्भ – नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भाइ–बहिनीका तर्फबाट खुसीको खबर प्राप्त होला । सन्तान पक्षबाट सुखप्राप्तिको योग छ । काम बन्नाले मन रमाउला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ, कृषिको कामबाट पनि फाइदै होला । पराक्रम वृद्धि हुनेछ, आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मीन – धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने समय छ । सोच्दैनसोचेको स्थानबाट लाभ हुने देखिन्छ । उद्योग र व्यापारबाट विशेष फाइदा प्राप्त होला । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ । सुख-सुविधाको वस्तु बढ्नेछन् ।
प्रतिक्रिया