आजको पञ्चाङ्ग एवम् राशिफल (२८ मङ्सिर २०८१ शुक्रबार, १३ डिसेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ मङ्सिर २०८१ शुक्रबार, १३ डिसेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ मार्गशीर्ष २८ गते तद्अनुसार सन् २०२४ दिसेम्बर १३ तारिख शुक्रबार मार्गशीर्ष शुक्ल पक्षको त्रयोदशी तिथि भरणी नक्षत्र ६ः५० पर कृतिका नक्षत्र शिव योग कौलव करण १ः१६ पर गर करण आनन्दादियोगमा मुद्गर योग चन्द्रमा मेष राशिमा १२ः२८बजेसम्म त्यसपछि वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४७ मा भयो र सूर्यास्त साँझ १७ः८ मा हुनेछ । प्रदोष व्रत ।

आजको राशिफल

मेष – दिन केही चुनौतीयुक्त रहला । नियमित कार्यमा अल्छीपनले सताउन सक्छ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सजगता अपनाउनु हितकर होला । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने योग छ । प्रेमभाव बढ्नेछ । रोकिएको काममा सफलता मिल्नेछ । मित्रजन सहयोगी बनेर देखापर्लान् ।

वृष – बुद्धिको सही उपयोग भइ चिताएका काममा सफलता पाइने समय छ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरि सुरु हुन सक्छन् । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान प्राप्त होला । यात्रापरक काम बन्नेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – पुराना साथीसंगको भेटघाटले मन रमाउने समय छ । चिताएको काममा सफलता पाइएला । धनलाभको योग छ । आज अनौठो तरिकाबाट धनलाभ हुनसक्छ । मित्रजनको साथ–समर्थन पाइएला । परिवारबाट सुखको अनुभुति मिल्नेछ । नियमित कार्यमा व्यस्तता बढ्नेछ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – स्वास्थ्यगत सामान्य कमजोरीका बाबजुद कार्यसक्रियता वृद्धि हुने समय छ । समाजिक सम्मान मिल्ने देखिन्छ । अनौठो तरिकाबाट रुपैयापैसा कमाइएला । आज रमाइलो यात्राको योग पनि रहेको छ, । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ । कर्मबल बढ्नेछ, आय वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ ।

सिंह – आजको दिन आर्थिक अभाव देखापर्न सक्छ, भौतिक साधनको पनि क्षति हुने योग रहेकोले सजगता अपनाउनु उचित होला । बेकामको क्षेत्रमा ब्यय हुनसक्छ, सावधानीपूर्वक लगानी गर्नुहोला । स्वास्थ्य केही कमजोर रहनसक्छ । भौतिक सरसामनको क्षति हुने सम्भावना छ, ध्यान राख्नुहोला । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । यात्रागत कार्य सार्थक रहला ।

कन्या – मिश्रित फलदायी समय छ । बिहानीपख सुखको अनुभव होला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ । तथापि, बन्देैन भनेको काम पनि तपाईको अथक प्रयासमा बन्ने देखिन्छ । आफन्तको सहयोग पनि प्राप्त होला । नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोग प्राप्त हुने योग छ ।

तुला – नचिताएको ठाउँबाट आम्दानी हुने दिन छ । आम्दानीका प्रशस्तै बाटाहरु ख्ुाल्न सक्छ । ब्यापार–ब्यवसायमा राम्रै आम्दानी होला । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुनसक्ने देखिन्छ । सकारात्मक र व्यवहारिक सोचको विकास होला । जोखिम बढेपनि कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – परिवारमा आर्थिक समस्याले सताए पनि कुनै नयाँ कार्यको थालनी गर्न सकिने समय छ । काममा जाँगर चल्नाले धनको लाभ पनि हुने देखिन्छ । सन्तान पक्षबाट सुखको अनुभुति होला । हुनेछ । नयाँ कामसम्बन्धी योजना बनाउँदा फाइदा हुन सक्छ , साथै ब्यापार-ब्यवसायबाट पनि लाभ मिल्ने योग छ । उन्नति पदोन्नति होला । शुभता वृद्धि भइ रोकिएको काम बन्नेछ । आरोग्यबल बढ्नेछ ।

धनु – अनावश्यक रुपमा मनमा डरको भाव जागृत हुनसक्छ । कसैसंग हल्का मनमुटाव वा विवाद पनि होला । विचार–तरङ्ग बढ्ने र समयमा निर्णय नहुदा काममा अवरोध आउने सम्भावना छ । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । चोटपटकको योग रहेकोले सजगता अपनाउनुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । प्रतिकुलताका बाबजुद आत्मविश्वस कायम रहनेछ ।

मकर – नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । अरूलाई प्रभावित पारेर काम बनाउने सकिनेछ । आज कसैबाट आदर पाइएला । धन मान पाउने योग छ । प्रेमभाव बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ । रसरागको भाव वृद्धि होला ।

कुम्भ – सोचेका काम पूरा भइ सुखको अनुभव हुने दिन छ । परिवारजनको साथले नयाँ आशा पलाउने छ । आर्थिक कारोबार राम्रै होला । दाम्पत्यजीवन सुखद रहनेछ । परोपकार र धार्मिक क्षेत्रमा गरिएको लगानीले प्रतिष्ठापूर्ण प्रतिफल दिलाउनेछ । कृषिकार्यबाट फाइदा लिन सकिनेछ । मिठो भोजन प्राप्त होला । सामर्थ्य वृद्धिका साथै रचनात्मक कार्य पनि बन्ने योग छ ।

मीन – नसोचेको ठाउँबाट आकस्मिक लाभ हुनसक्ने समय छ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै होला । तर, परिवारमा भने सामान्य विवाद हुने देखिन्छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । अतिथिका रूपमा सम्मान पाइएला । सबल स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । पराक्रम वृद्धि हुनेछ । साझेदारीको काममा विशेष लाभ होला ।