✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ मार्गशीर्ष २९ गते तद्अनुसार सन् २०२४ दिसेम्बर १४ तारिख शनिबार मार्गशीर्ष शुक्ल पक्षको चतुर्दशी तिथि १६ः१७ पर पूर्णिमा तिथि रोहिणी नक्षत्र सिद्धि योग ५ः६ पर साध्य योग भद्रा करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा वृृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४८ मा भयो र सूर्यास्त साँझ १७ः९ मा हुनेछ । पूर्णिमा व्रत, कुठीधान्य पूजा, काशिमा पिशाचमोचन तीर्थश्राद्ध, नुवाकोट दुप्तेश्वरमेला, दत्तात्रयजयन्ती ।
आजको राशिफल
मेष – आजको दिन केही प्रतिकुल रहने देखिन्छ । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ । अभिभावकजनको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ । धनमाल हराउने, चोरिने वा ठगीमा परिने योग छ, सजग रहनुहोला । विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । यात्रागत कार्यमा भने सफलता मिल्नेछ ।
वृष – आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । दाजुभाइ तथा दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला । तथापि, ठूला ब्यक्तिहरुबाट मानसम्मान प्राप्त हुने योग छ । शुभ समाचार प्राप्त हुनाले आनन्द वृद्धि हुने देखिन्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथले उत्साह बढाउला ।
मिथुन – परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, तर आर्थिक गतिविधि बढ्ने र ब्यापारबाट लाभ नै प्राप्त हुने दिन रहेको छ । आर्थिक समस्या समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ । विगतका कमजोरी सच्याउने मौका मिल्ने देखिन्छ । विशिष्ट व्यक्तिको सहयोगले विशेष अवसर हातपर्ला । पराक्रमका साथै बौद्धिकता तथा रचनात्मकता बढ्नेछ ।
कर्कट – विभिन्न अवसरले पछ्याउने र कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्ने समय छ । आजको दिन यात्रागत कार्यमा अग्रसर हुँदा र सवारीसाधनको उपयोग गर्दा चाहिँ विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । आर्थिक अभावले सताउनसक्ने योग छ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । तथापि, साथीभाइको सहयोग प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
सिंह – कर्मबल बढ्नेछ । प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्ने समय छ । स्वास्थ्यमा भने केही कमजोरी देखापर्नसक्छ, सजगता अपनाउनु हितकर होला । जिम्मेवारीका कार्य समयमा सम्पादन गर्न नसकिएला । सोचेको काम समयमा नबन्नाले मन दुःखित रहन सक्छ । रसरागको भाव वृद्धि हुनेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्ने योग छ ।
कन्या – लामो समयदेखि रोकिएका कामसम्पादन गर्न सकिने समय छ । तर, नियमित खर्च बढ्नुका साथै व्यापारमा मन्दी आउने देखिन्छ । तपाईंका कमी-कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । आफ्नै कमजोरीले महत्वपूर्ण अवसर गुम्न सक्छ, सावधान रहनुहोला । यात्रागत कार्यमा सफलता मिल्नेछ । आफन्तजन सहयोगी रहनेछन् । प्रतिकुलताका बाबजुद रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
तुला – नयाँ काममा हात हाल्ने समय आएको छ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने धनलाभको योग छ । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्ला । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । सुख सुविधाको वस्तुमा खर्च हुन सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु उचित होला । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
वृश्चिक – सामाजिक प्रतिष्ठा बढ्ने, शत्रु परास्त हुने एवम् प्रेम र मित्रताको बन्धन कसिने समय छ । साथीभाइहरुबाट विशेष फाइदा उठाउन सकिएला । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन् । खर्च लागे पनि चिताएको काम बन्ने योग छ । दामपत्यसुख बढ्नेछ भने रोकिएको काम बन्नेछ । सामर्थ्य वृद्धि होला । आरोग्यबल बढ्नेछ ।
धनु – व्यस्तता तथा दौडधुप वृद्धि हुने र भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्ने समय छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्छ । खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । तथापि, विपरीतलिंगी एवम् हितैषी मित्रहरूले साथ दिनेछन् । राजनीतिक पहुँचले सामर्थ्य वृद्धि गराउला । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।
मकर – विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुनसक्ने समय छ । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । खराब व्यक्तिको संगतले मान-सम्मानमा चोट पुग्ने योग रहेकोले सतर्कता अपनाइ व्यवहार गर्नुहोला । आज विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ । सबल स्वास्थ्यका लागि खानपानमा सजक रहनुहोला । समस्यामा आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ ।
कुम्भ – सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिने समय छ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्ला । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । विशेष उपहार हातलागी हुने योग छ । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा होला । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । नियमकानूनले साथ दिनेछ र भएको दायित्व पूरा गर्नुहुनेछ ।
मीन – पराक्रम वृद्धि हुने समय छ । मित्रजन र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । विपरीतलिंगीहरूको माध्यमबाट बढी लाभ होला । खासगरी भूमिबाट प्रशस्त फाइदा मिल्ने योग छ । प्रेम र मित्रताको बन्धन कसिने तथा दाम्पत्य सम्बन्ध सुमधुर बन्ने देखिन्छ । रोकिएका काममा फेरि प्रयत्न गर्दा सफलता मिल्नेछ । आरोग्यबल बढ्नेछ ।
प्रतिक्रिया