क्यालिफोर्नियाको पहाडी क्षेत्रमा बनेको एउटा घर लिलामी प्रक्रियामा गएको छ । न्यूनतम मूल्य नै एक करोड दुई लाख डलर निर्धारण गरिएको उक्त घरको के महŒव र विशेषता छ जसले यसलाई चर्चा दिलायो भन्ने जिज्ञाशा जो कसैमा जन्मिनु स्वाभाविक छ । हो, व्यावसायिक या अन्य लाभका हिसाबले कुनै महŒव नरहेको उक्त घर यति महँगो मूल्यमा लिलाम हुनुको एउटा खास कारण छ । लसएन्जलसबाट करिब चालीस माइल टाढा रहेको उक्त घर सन् १९६० को दशकमा फ्रेङ्क सिनात्रा नामक व्यक्तिको थियो जो चर्चित अमेरिकी राष्ट्रपति जोन अफ केनेडी र विश्वविख्यात हलिउड अभिनेत्री मर्लिन मुनरोका निकट मित्र थिए । मुनरो उक्त घरमा बारबार पुग्थिन् भने त्यसैगरी केनेडी पनि त्यहाँ पुग्ने गर्दथे । सन् १९६१ मा केनेडी र मुनरोको अन्तरङ्गी सम्बन्ध नै साढे तेह्र एकड जमिनभित्र हजार वर्गफुटमा बनेको सोही घरको एक शयनकक्षबाट सुरु भएको थियो । पहाडको टाकुरामा बनेको उक्त घरले ती दुई विख्यात व्यक्तित्वको विवाहेत्तर सम्बन्धलाई उत्कर्षमा पुर्याउन अनुकूल भूमिका निर्वाह गरेको थियो भन्ने विश्वास गरिन्छ । प्रख्यात वास्तुविद् परेरा र ल्युकम्यानले उक्त घरको डिजाइन गरेका थिए ।
यसरी पनि दीर्घजीवी बन्छन् पुरुष
राम्री युवती देख्दा आकर्षित नहुने पुरुष संसारमा विरलै होलान् । कतिपय पुरुष त देखेजति राम्री युवतीसँग यौन सम्बन्ध नै राख्न लालायित हुन्छन् भने अधिकांशले चाहिँ त्यस्तो सम्बन्धको कल्पना गरेर नै चित्त बुझाउँछन् । महिलाप्रति पुरुषको आकर्षणको प्रसङ्गमा रोचक त के छ भने उमेरले वृद्ध भए पनि कैयन पुरुष कमभन्दा कम उमेरकी युवतीसँग यौनको लालसा राख्दछ जसलाई समाजले स्वाभाविकचाहिँ ठान्दैन । तर, हालैको एक अनुसन्धानबाट प्राप्त नतिजालाई विश्वास गर्ने हो भने कम उमेरकी युवतीप्रति चाहना बढाउने पुरुषको सङ्ख्या ह्वात्तै बढ्न सक्छ । जर्मनीको म्याक्स प्लाङ्क नामक एक संस्थाका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार आफूभन्दा कम उमेरकी युवतीसँग नियमित यौन सम्बन्ध राख्ने पुरुÈ दीर्घजीवी हुन्छ । आफूभन्दा पन्ध्र–बीस वर्Èले कम उमेरकी श्रीमती विवाह गर्ने पुरुÈ कम उमेरमा मर्ने सम्भावना २० प्रतिशतले कम हुने अध्ययनले देखाएको अनुसन्धानकर्ताको दाबी छ । युवतीसँगको नियमित सेक्सले पाको उमेरका पुरुÈमा देखिने विभिन्न स्वास्थ्य समस्या कम गर्ने निष्कर्Èमा उनीहरू पुगेका छन् भने नियमित सेक्सले शरीरका विभिन्न हिस्सामा हुने दुखाइसमेत कम गर्ने पत्ता लागेको छ ।
डिपे्रसनमा भिटामिन डी लाभकारी
संसारमा आज डिप्रेसनले महामारीकै रूप लिएको पाइन्छ । झन्डै दुई अर्ब मानिस यसको चपेटामा परेको अनुमान गरिन्छ । डिप्रेसन भन्नेबित्तिकै एक मनोरोग हो भन्ने मानसिकता रहँदै आए पनि वास्तवमा यो मनोरोग मात्र नभएको सम्बन्धित विज्ञहरूको कथन छ । अमेरिकाको युनभर्सिटी अफ टेक्सासका वैज्ञानिकहरूले वर्षौंको अनुसन्धानबाट पत्ता लगाएअनुसार भिटामिन बी–१२ को कमीले पनि डिप्रेसन हुन सक्छ । अनुसन्धानले यो पनि प्रमाण्ँित गर्यो कि डिप्रेसन भइसकेको मान्छेमा भिटामिन ‘डी’को कमी भयो भने त समस्या झन् बढ्न सक्छ । अर्थात्, डिप्रेसनको रोगीका लागि भिटामिन बीको सेवन अत्यन्त लाभकारी हुन्छ । स्मरण रहोस्, माछा, अण्डा, कलेजोको तेल, दूध र दुग्धजन्य खाद्यपदार्थहरू ‘भिटामिन डी’ले भरिपूर्ण हुन्छन् भने सूर्यको किरण पनि यसको अत्यन्त राम्रो प्राकृतिक स्रोत हो ।
सन्की बाबुकी छोरीको यो साहस
संसारका हरेक प्राणी आफूले जन्माएका सन्तानप्रति विशेष माया दर्शाउँछन् । त्यसमाथि विवेकशील प्राणीका रूपमा रहेको मान्छेले त छोराछोरीको माया या हेरचाहका लागि आफूसक्दो विशेष तौरतरिका नै अवलम्बन गरिरहेका हुन्छन् । कुनै सङ्कट परेर सन्तानको ज्यान खतरामा पर्न लागे त्यसबाट जोगाउन आफ्नै ज्यानसमेत जोखिममा पार्न पनि मानिस पछि नपरेका कैयन् उदाहरण पाइन्छन् । तर, चीनका एक छोरीका बाबुले भने जानाजान अत्यन्त हिंस्रक र खतरनाक स्वभावका दुई ब्वाँसासँगै एउटा पिँजडामा आफ्नी नौ वर्षीया छोरीलाई बन्द गरेर अनौठो स्वभाव प्रदर्शन गरेका छन् । उत्तर–पश्चिमी चीनको उरुमकी भन्ने ठाउँमा हालै आयोजित जनावरहरूको प्रदर्शनीबीच झु योङसेन नामक चिनियाँले झु लिन नामकी आफ्नी छोरीलाई ती खतरनाक जनावरसँग एउटै पिँजडामा बन्द गर्दै ‘छोरीलाई साहसी बालिका बनाउनका लागि यस्तो कार्य गरेको’ सगर्व उद्घोष गरे । झु लिनले पनि आफ्ना बाबुको इच्छाअनुरूप ब्वाँसाहरूसँग अंकमाल गरेर गजवको साहस प्रदर्शन गरिदिइन् । कुकुर र ब्वाँसाहरूलाई प्रशिक्षण दिने एक केन्द्रका प्रबन्धकसमेत रहेका झुले आफू अरूले सोचेजस्तो निर्दयी बाबु नभई अन्यको तुलनामा झन् बढ्ता मायालु पिता भएको उद्घोषसमेत प्रदर्शनीका अवसरमा गरेका थिए ।
आशाले निम्त्याउँछ खुसी
भविष्यमा राम्रो हुनेछ भन्ने अपेक्षा या भविष्यप्रतिको आशाले मानिसको ‘वर्तमान’लाई खुसियालीपूर्ण तुल्याइदिन्छ भन्ने धारणालाई वैज्ञानिकहरूले शोध–अनुसन्धानबाटै पुष्टि गरिदिएका छन् । युनिभर्सिटी अफ अस्टे«लिया र चीनका वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय समूहद्वारा गरिएको अध्ययनले आशाले मानिसलाई खुसी प्रदान गर्छ भन्ने देखाइएको हो । अध्येयताहरूले जस्तोसुकै विपत्ति या अप्ठ्यारो परिस्थितिमा पनि आशाको कल्पना गर्न छोड्न नहुने सुझाब दिएका छन् । यसो गर्न सके निर्धन व्यक्तिले पनि खुसहाल जिन्दगी बाँच्न सक्ने अध्ययनकर्ताहरूको दाबी छ ।
प्रतिक्रिया