✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष १ गते तद्अनुसार सन् २०२४ दिसेम्बर १६ तारिख सोमबार पौष कृष्ण पक्षको प्रतिपदा तिथि आर्द्रा नक्षत्र शुक्ल योग तैतिल करण आनन्दादिमा काल योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४९ मा र सूर्यास्त साँझ १७ः९ मा हुनेछ । पौष संक्रान्ति ।
आजको राशिफल
मेष – मेहनतले सम्मानित स्थान दिलाउने समय छ । नचिताएको ठाउँबाट धन आर्जन हुनाले मन हर्षित रहला । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ । तथापि, बन्ने निश्चय भएको कुनै महत्वपूर्ण काम अचानक बिग्रन सक्ने तथा आश्वासन दिएर झुक्याउनेहरू सक्रिय हुने योग रहेकोले सजगता अपनाउनुहोला । मान-महत्व बढ्नेछ, मिठो भोजन प्राप्त हुनेछ । समस्यामा हितैषीजनको सहयोग प्राप्त हुनेछ ।
वृष – विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने र अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी होला । पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ होला । आफन्तजनको साथले पारिवारिक समस्याको समाधान मिल्नेछ । स्वास्थ्य भने केही कमजोर रहनसक्ने देखिन्छ, सावधानी अपनाउनुहोला । पठनपाठनमा खासै मन लाग्नेछैन ।
मिथुन – आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने समय छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । कामले अरूलाई प्रभावित पारेर फाइदा उठाउने योग छ । कीर्तिमानी काम सम्पादन हुनाले सुख वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । रोग र शत्रुपक्ष कमजेर सावित होलान् । कुनैपनि समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । पारिवारिक सुख मिल्नुका साथै महत्वपूर्ण कार्य बन्ने देखिन्छ । अध्ययन तथा अध्यापनको क्षेत्रमा प्रगति होला । सहयोगीहरूले आज विशेष साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्ने योग छ । कृषिकर्ममा पनि फाइदै होला । आरोग्यबल बढ्नेछ । रसरागमा आकर्षण रहला ।
सिंह – मिश्रित फलदायी समय छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । यात्राको सम्भावना छ तर आजको दिन अनावश्यक यात्राबाट जोगिनु हितकर होला । आय वृद्धि र धनार्जनको योग छ । मनोरञ्जनात्मक कार्यक्रमप्रति आकर्षण बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुखशान्ति रहनेछ ।
कन्या – कर्मबल बढ्ने तथा महत्वपूर्ण कार्यमा पारिवारिक सहयोग प्राप्त हुने समय छ । स्वास्थ्य भने केही कमजोर रहन सक्छ, खानपान एवम् शारीरिक क्रियाकलापमा ध्यान दिनु उचित हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । पहिलेका कमी-कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ला । श्रमको उचित मूल्य नमिल्न सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्, सचेत रही नियमित क्रियाकलाप गर्नु हितकर होला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
तुला – समय केही प्रतिकुल रहेको अनुभूति हुनाले कल्पना र भावनामा केन्दित भइएला । राम्रै सोचेर बोलेको बोलीको पनि विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नु उचित होला । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीजन भेटिनेछन् । धन आर्जनको योग छ तर आजको लाभांश सञ्चित नहुन सक्छ । सरसापटमा धन खर्च हुने देखिन्छ । वर्चश्व बढ्ने र यात्रागत कार्य बन्ने देखिन्छ ।
वृश्चिक – शुभ र सुखद समय छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बोली र ब्यक्तित्वको प्रभावले ठूलो अवसर दिलाउन सक्छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । वित्तादि लाभ पनि प्राप्त हुने देखिन्छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । आरोग्यबल बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।
धनु – भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । नियमकानूनले साथ दिनाले भएको दायित्वलाई पूरा गर्नुहुनेछ । यात्रागत कार्य सार्थक रहला । ब्यवसायमा लाभ हुनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रैलाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला । स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । बौद्धिक तथा रचनात्मक कार्य सहज हुनुका साथै गीतसंगीत एवम् रसरागात्मक काममा आकर्षण बढ्ने देखिन्छ ।
मकर – बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिने दिन छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । तथापि, आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । नियमित काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । आरोग्यबल बढ्नेछ । रसरागमा आकर्षण रहला ।
कुम्भ – कुनै पनि शारीरिक तथा आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछन् । जटिल काम सम्पादन हुनाले उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिने देखिन्छ । अध्ययन कार्यमा प्रगति हुनेछ भने चिताएको महत्वपूर्ण कामसमेत सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने अवसर जुर्ला, आवसरको लाभ लिने प्रयत्न गर्नुहोला । प्रेमभावका साथै सकारात्मकता बढ्नेछ ।
मीन – शुभदायी दिन छ । बोली र ब्यक्तित्वको प्रभाव बढ्ला । रोकिएका कामहरू ठूलाबडाको आशीर्वाद र सहयोगले बन्न सक्छन् । प्रेम र उपहार प्राप्त हुने योग छ । नयाँ काम गर्ने अवसर प्राप्त हुन सक्छ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । सामाजिक काममा रुचि बढ्नेछ । तपाईंबाट गरिएका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । पराक्रम वृद्धि हुनुका साथै समस्याको समाधान मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।
प्रतिक्रिया