✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष ३ गते तद्अनुसार सन् २०२४ दिसेम्बर १८ तारिख बुधबार पौष कृष्ण पक्षको तृतीया तिथि तिष्य नक्षत्र ऐन्द्र योग बब करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५० मा र सूर्यास्त साँझ १७ः१० बजे हुनेछ ।
आजको राशिफल
मेष – अनुकूलता वृद्धि हुनेछ । रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । आम्दानी बढ्नेछ भने विभिन्न भौतिक साधन जुट्नेछन् । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदै हुनेछ । यात्रागत कार्य सार्थक रहनेछ । दाम्पत्यजीवन रमाइलो रहला । समग्रमा दिन रमाइलो नै छ ।
वृष – समय शुभदायी छ । आजको काममा केही खर्च लागे पनि दिगो फाइदा हुने देखिन्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । पारिवारिक समस्याको समाधान मिल्नेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । तथापि, पुरानो गतिले पनि काम बिग्रनसक्ने र बेसुरमा काम गर्ने बानीले मेहनत खेर जाने सम्भावना छ, ध्यान राख्नुहोला । रसरागात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।
मिथुन – मिश्रित फलदायी दिन छ । टाढाको यात्राका लागि गरिने प्रयास फलदायी रहने देखिन्छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । नियमित कार्यमा खासै जाँगर लाग्नेछैन । सबल स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ । विगतका समस्या दोहोरिन सक्छन् । प्रतिष्पर्धीहरू हाबी हुनसक्ने योग छ । मुख्य काममा बाधा हुँदा मन खिन्न रहला । समस्याको समाधानका लागि कठिन प्रयत्न गर्नुपर्ला ।
कर्कट – विगतको सफलताले थप काम गर्न हौसला मिल्ने र नयाँ कामको प्रस्ताव आउने समय छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ भने तपाईंको तौरतरिकाको धेरैले तारिफ गर्नेछन् । विभिन्न सहयोग र उपहार पाइने योग छ । आरोग्यता रहनेछ । मनोकूलता बढ्नेछ । रसरागमा मन आकृष्ट हुनेछ । विपरीतलिंगीको सहयोग रहनेछ ।
सिंह – सद्विचारले धेरैलाई आकर्षण गर्ने समय छ । मान-सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने देखिन्छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । भाग्यले नचिताएको फाइदा दिलाउन सक्ने योग छ । चुनौतीहरू स्वतः हट्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा सरिक होइएला । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुखशान्ति मिल्नेछ ।
कन्या – आजको दिन महत्वपूर्ण काममा आफन्तको साथ प्राप्त हुनेछ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । विशेष योजना सिद्धिका लागि सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइएला । लामो यात्राको प्रक्रिया अघि बढ्नसक्ने देखिन्छ । पढाइलेखाइमा भने खासै समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्ने योग भएकोले सचेत रहनु हितकर होला । मित्रमिलनले उत्साह जागृत गराउला ।
तुला – विगतका कमीकमजोरीलाई सुधार गर्दै धनार्जनको अवसर प्राप्त हुने देखिन्छ । आज गरिएका कामले दीगो लाभ दिनसक्छ । विछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिने समय छ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले भने दुःख पाइने सम्भावना छ । स्वास्थ्य पनि केही कमजोर रहनसक्छ । तथापि, साहसिक काममा आकर्षण रहनेछ ।
वृश्चिक – नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिने दिन छ । तर, सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहन सक्छ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ, व्यवहारमा लचकता अपनाउनुहोला । सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनु हितकर हुनेछ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, ध्यान राख्नुहोला । आरोग्यबल बढ्नेछ ।
धनु – प्रभावकारी कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू पनि सजिलै बन्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता हुने योग छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा राम्रो साथ दिनेछन् । विगतको श्रमबाट राम्रै धनलाभ हुने देखिन्छ । मिठो भोजन प्राप्त होला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर – प्रियजनसँगको भेटघाटले दिन रमाइलो बन्ने देखिन्छ । व्यवसायमा लाभ लिने समय छ । सामाजिक कामको दायित्व बढ्नेछ भने बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ स्रोत फेला पर्ने तथा गरेका कामबाट राम्रै लाभ हुने योग छ । श्रमको उचित मूल्यांकन होला । साहस र सुख वृद्धि हुनेछ । यात्रापरक काम बन्नेछ ।
कुम्भ – पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा होला । अवसरवादीहरूले फसाउने चेष्टा गर्न सक्छन्, विशेष योजना गोप्य राख्नुहोला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा आकर्षण रहला । बोलीको प्रभाव बढ्नेछ ।
मीन – रोकिएका काम सम्पादन हुनेछन् । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । पठन-पाठनमा प्रगति होला । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुऱ्याउनु उचित हुनेछ । आरोग्यता रहनेछ भने प्रेमभाव वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । आफन्तको साथ मिल्नेछ । तथापि, आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, सजग रहनुहोला ।
प्रतिक्रिया