✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष ५ गते तद्अनुसार सन् २०२४ दिसेम्बर २० तारिख शुक्रबार पौष कृष्ण पक्षको पञ्चमी तिथि मघा नक्षत्र विषकुम्भ योग गर करण आनन्दादिमा काण योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५१ मा भयो र सूर्यास्त साँझ १७ः११ मा हुनेछ ।
आजको राशिफल
मेष – नयाँ योजनाको सुरुवात खासै राम्रो नहोला । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनुपर्ने समय छ । मन दुविधाग्रस्त रहने देखिन्छ । सामाजिक काममा नाम रहने छ, तर जागिरमा भने सजक रहनु उचित होला । स्वास्थ्यका दृष्टिकोणले राम्रो दिन छ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । समस्यामा मित्रजनको सहयोग प्राप्त हुनेछ ।
वृष – वैवाहिक जीवन सुखी हुने तथा प्रेम र मित्रताको बन्धन कसिने दिन छ । विभिन्न सहयोग र उपहार पाइएला । सुखद यात्राको सम्भावना छ । काम बन्नाले मन रमाउनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने देखिन्छ । चल-अचल सम्पत्तिको कारोबारको योग छ । पारिवारिक समस्याको समाधान मिल्नाले सुख र उत्साह वृद्धि होला ।
मिथुन – परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मित्रजनसँग भेटघाट एवम् मिष्ठान्न भोजनको अवसर आउला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने समय छ । यात्रापरक काम बन्नेछ । आर्थिक कार्यमा विशेष सफलता मिल्ने देखिन्छ । परिवारिक सुख बढ्नेछ भने सभा-समारोहमा मान मिल्नेछ । आरोग्यबल वृद्धि र शत्रुमाथि विजय प्राप्त हुनेछ । बिग्रन लागेको काम पनि बौद्धिकताका कारण बन्नेछ । ।
कर्कट – आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । खर्च बढ्ने, विवाद निम्तने तथा शत्रुपक्षले सताउने योग रहेकोले सजक रहनुहोला । साथीभाइको सहयोग भने प्राप्त हुनेछ । भौतिक साधनको क्षतिले अनावश्यक धननाश हुनसक्छ । आज सवारीसाधनको प्रयोगमा पनि विशेष ध्यान दिनु उचित हुनेछ । खानपानमा ध्यान दिनुपर्नेछ । अनावश्यक झमेलाबाट बच्न सजगता अपनाउनुहोला ।
सिंह – दिन रमाइलै रहला । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ भने प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुने देखिन्छ । समस्यामा कसैबाट साथ-समर्थन पाइएला । ठुला ब्यक्तिसँग सार्थक भेटघाट हुनसक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनाले आत्मविश्वास बुलन्द रहनेछ । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । मित्रको साथ मिल्नेछ । पारिवारिक शान्ति रहनेछ ।
कन्या – पुराना कामहरु सम्पन्न हुनसक्ने दिन छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्ला । आयआर्जन हुने देखिन्छ । सुखद यात्राको सम्भावना छ । धनलाभको योग छ भने आश मारेको रकम उठ्ने प्रवल सम्भावना छ । नयाँ साथीसँग चिनजान हुने तथा रमाइलो यात्राको पनि योग रहेको छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।
तुला – कुनै विशेष नयाँ कार्य आरम्भ गर्दै हुनुहुन्छ भने आजका लागि थाती राख्नुहोला । तर नयाँ कामको अवसर भने आउनसक्छ । धनलाभको योग छ । कृषिको कामबाट विशेष लाभ होला । लेनदेको काम आज नगरेकै बेश होला । घरमा पाहुना आगमनको सम्भावना छ । स्वास्थ्य सबल रहला । मिठो भोजन प्राप्त हुनेछ । नियमित कार्य सन्तोषदायी रहनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
वृश्चिक – आजको दिन स्वास्थ्यमा गडबडीकोे सम्भावना छ, खानपानमा विशेष सजक रहनुहोला । व्यर्थको खर्चले पिरोल्न सक्छ, धननाशको योग छ । दाम्पत्य एवम् प्रेम सम्बन्धमा पनि धोका हुने देखिन्छ, ध्यान राख्नुहोला । सानातिना काममा महत्वपूर्ण समय बित्नसक्छ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । कर्मबलमा भने कमी आउनेछैन । बोली र व्यक्तित्वको प्रभाव रहनेछ ।
धनु – नियमित काममा उत्साहवर्द्धक सफलता मिलेपनि ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिनसक्ने समय छ, सचेत रहनुहोस् । मनमा केही दुविधाग्रस्त रहला । स्वास्थ्यगत अवस्था केही कमजोर रहनसक्छ, आहारविहारमा विशेष सतर्क रहनु स्वास्थ्यका लागि हितकर हुनेछ । खेलकुद, भ्रमण जस्ता कार्यमा आकर्षण बढ्नेछ । बौद्धिक काम बन्नेछ ।
मकर – जोखिम बढेपनि धन आर्जनका नयाँ बाटा खुल्नेछन् भने खर्च भन्दा कमाई नै बढी हुने समय छ । व्यवसायिक क्षेत्रको लगानी फाइदै होला । कृषिक्षेत्रमा भने अलिक बढी परिश्रम पर्ने देखिन्छ । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइलेखाइमा सफलता पाइने तथा धर्मकर्ममा रुचि बढ्नेछ । माता पितासँगको भेटघाटले मनमा हर्ष छाउला । भएको दायित्व पूरा गर्नुहुनेछ ।
कुम्भ – पारिवारिक सुख मिल्ने दिन छ । कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्ने समय छ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित होला । नयाँ काम गर्न जाँगर थपिने देखिन्छ भने ब्यापारमा पनि फाइदाकै योग छ । दाम्पत्यसुख बढ्नेछ । रमाइलो यात्रा हुनसक्छ । सामर्थ्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मीन – आजको दिन खासै उत्साहजनक नरहन सक्छ । पेशागत रुपमा समस्या देखिन सक्छ, घरपरिवारमा पनि केही मनमुटाव होला । वादविवादको सामना गर्नुपर्ने सम्भावना छ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त नहोला । ब्यर्थै समयको नाश हुने देखिन्छ । काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुने र मनमा उदासिनता बढ्ने योग छ । विश्वास गरेकाले धोका दिनेछन् । आफन्तजनको भने साथ मिल्नेछ ।
प्रतिक्रिया