✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष ६ गते तद्अनुसार सन् २०२४ दिसेम्बर २१ तारिख आइतबार पौष कृष्ण पक्षको षष्ठी तिथि पूर्वाफाल्गुणी नक्षत्र प्रीति योग करण आनन्दादिमा छत्र योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५१ मा भयो र सूर्यास्त साँझ १७ः१२ बजे हुनेछ । विश्व ध्यान दिवस ।
आजको राशिफल
मेष – आजको दिन अलिक सजग तथा संयमताका साथ व्यवहार गर्नु उचित हुनेछ । बेकारको विवादमा फँस्न सकिने सम्भावना रहेकोले बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्ने सम्भावना छ । अनावश्यक डर जागृत हुनुका साथै वादविवादको योग हुनाले होस राखेर व्यवहार गर्नुहोला । प्रतिकुलताका बाबजुद ब्यापारबाट भने फाइदा नै मिल्ने देखिन्छ । अनौठो समाचार पनि सुन्न पाइएला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
वृष – सामाजिक कामबाट प्रशंसा प्राप्त हुने तथा मन हर्षित रहने समय छ । बोली र ब्यक्तित्वको प्रभाव वृद्धि होला । अरुबाट प्रशंसा मिल्नेछ । व्यापारमा गरेको लगानि सन्तोषप्रद रहनेछ । दिद बहिनी वा कुटुम्बका काममा सघाउनु पर्ने देखिन्छ । कुनै विशेष कार्यमा मन दुविधाग्रस्त रहन सक्छ । सामाजिक काममा नाम रहने छ । प्रेमभाव बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मिथुन – ब्यस्तता वृद्धि भएपनि सुखद ढंगले समय बित्ने देखिन्छ । कृषि एवम् ब्यापारबाट लाभ मिल्नेछ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने योग छ । खुसीको खबर प्राप्त होला । चल-अचल सम्पत्तिको कारोबार हुनसक्नेछ । रसरागप्रति आकर्षण बढ्ने तथा वैवाहिक जीवन सुखी हुने खालको दिन छ । सार्वजनिक सभा-समारोहमा सम्मान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – धैर्यले काम लिने समय छ, चुनौतीका बाबजुद नसोचेको काम बन्नसक्छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मित्रजनको सहयोग प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्नेछन् । अप्रत्याशित लाभको योगका साथै टाढाको यात्राको सम्भावना छ । आमोदप्रमोदको अवस्था रहला । मिठो भोजन प्राप्त हुनेछ ।
सिंह – आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सतर्क रही ब्यवहार गर्नु उचित होला । व्यर्थको खर्च हुने सम्भावना रहेकोले खर्च घटाउने विशेष प्रयास गर्नुपर्नेछ । सबल स्वास्थ्यका लागि खानपानमा सावधान रहनुहोला । मित्रजनको साथ मिल्नेछ । मनोरञ्जनात्मक यात्राका साथै रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – नयाँ कामको थालनी गर्न सकिने दिन छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल रहला । मुद्दा–मामिलामा विजयी भइनेछ । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ । पढाइलेखाइमा सफलता मिल्नेछ । धनलाभको योग छ । यात्रागत कार्यमा सफलता मिल्नेछ । साथीभाइको सहयोग प्राप्त हुनाले पराक्रम बढ्ला । आरोग्यबल बढ्नाले दिन खुशीसाथ बित्नेछ ।
तुला – निर्माण तथा व्यवहारिक क्षेत्रमा मन जानेछ भने दिन सामान्य नै रहने देखिन्छ । सोचेभन्दा बढी नै लाभ हुने समय छ । आफन्तमिलनले सुख दिनेछ । पाहुनाको आगमनले मन हर्षित रहला । आयआर्जनको दृष्टिले राम्रो दिन छ । केही नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । यश–वर्चश्व बढ्नेछ । समग्रमा दिन राम्रै छ ।
वृश्चिक – प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय छ । शुभता बढेर रोकिएको काम बन्ने देखिन्छ । कर्मबल एवम् सामर्थ्य वृद्धि होला । कामहरु सजिलैसँग बन्नेछन् । टाढाको यात्रा हुने योग छ, यात्रा सुखद नै रहला । साथीभाइको सहयोग प्राप्त भइ सुख बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । ब्यापारबाट सामान्य नाफा होला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नसक्छ ।
धनु – दिन केही चुनौतीयुक्त रहने देखिन्छ । घरेलु समस्याले सताउने छ भने मित्र बनेर धोका दिनेहरु फेलापर्न सक्छन् । साथै, अर्थको पनि हानी हुने योग छ । स्वास्थ्य अवस्था केही कमजोर रहन सक्छ । धनमाल हराउनाले मनमा पीडा थपिने सम्भावना छ, सजक रहनुहोला । अरूको भर पर्दा काममा धोका हुन सक्छ । टाढाको यात्रा आज नगर्नु उचित होला । बौद्धिक र रचनात्मक कार्यमा भने सफलता मिल्नेछ ।
मकर – सुख र दुःखको बराबरी अनुभूति गर्न पाइने समय रहेको छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । काममा कठिनाइ सहनु पर्नेछ, तर नसोचेको धनलाभ हुने योग छ । आजको दिन रुपैयाँपैसाको लेनदेन नगर्नु हितकर हुनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । आरोग्यबल बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
कुम्भ – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आर्थिक पक्ष आज सन्तोषजनक रहेको छ । काम बन्नाले सुखको अनुभव होला । पठनपाठनमा मन जानेछ । घरायसी काममा विशेष मन जाने देखिन्छ । कमाइ सोचेअनुरुप नै होला । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने देखिन्छ ।
मीन – नियमित काममा जोश र जाँगर बढ्ने समय छ । आज कुनै नयाँ कामको थालनीका लागि आजको दिन राम्रो छ । आर्थिक लाभ पनि होला । पढाइलेखाइ र व्यापारमा पाउने सफलता यथावत रहने छ । निकट साथीसंगीसँग रमाइलो भेटघाटको योग छ । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । साझेदारीको काम बन्नेछ भने आफन्तको साथ मिल्नेछ । दाम्पत्य सुख तथा सुख विलास पनि बढ्नेछ ।
प्रतिक्रिया