बझाङमा जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना नजिकै से१ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख युवराज भण्डारीले जानकारी दिए । उनका अनुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
मृत्यु हुनेमा जीपचालक केदारस्यूँ गाउँपालिका-१ रायलका अन्दाजी ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका-४ की ७२ वर्षीया जौमतीदेवी धामी र उनका छोरा ३६ वर्षीय बम्मबहादुर धामीको घटनास्थलमा नै मृत्यु भएको छ भने धामीकै नातिनी ६ वर्षीया बालिका आकृति धामीको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
जिल्ला अस्पतालका डा. विनय जोशीका अनुसार अस्पताल पुग्दासम्म घाइते बालिकाको ज्यान गइसकेको थियो ।
प्रतिक्रिया