लण्डन । नेपाल पत्रकार महासँघ बेलायत शाखाका पूर्व अध्यक्ष तथा कान्तिपुर दैनिकका बेलायतस्थित सम्वाददाता नवीन पोखरेलले, आफूलाई लण्डनको ह्यारोस्थित गोल्डेन सिप रेष्टुरेन्टमा त्यहाँ भइरहेको डीजे साँगीतिक कार्यक्रममा निमन्त्रणासहित कान्तिपुर दैनिक तथा स्थानीय अनलाइन वीनेपाली डट कमका लागि समाचार संकलन गर्न जाँदा, रोक लगाउँदै सुरक्षा गार्डलाई प्रयोग गरी रेष्टुरेन्ट सञ्चालक देब गुरुङले अपमान र दुर्व्यवहार गर्दै पत्रकारलाई स्वतन्त्र रुपमा समाचार संकलन गर्न नदिएको व्यहोराको विज्ञप्ति सार्वजनिक गरेका थिए । जसप्रति खेद प्रकट गर्दै नेपाल पत्रकार महासँघको बेलायत शाखाको तर्फबाट महासचिव श्याम लुँइटेलले प्रेस विज्ञप्ति प्रकाशित गरी सार्वजनिक गरेका छन् । नेपाल पत्रकार महासँघ बेलायत शाखाको आधिकारिकता बोकेको सो प्रेस विज्ञप्तिमा उक्त घटनाप्रति बेलायत शाखा अत्यन्तै ‘गम्भीर’ भएको बताइएको छ । बेलायतजस्तो प्रेस स्वतन्त्रता भएको मुलुकमा ‘समाचार संकलनमा रोक लगाउनु’ निन्दनीय र प्रेस स्वतन्त्रता माथिको हनन हो भन्ने ठहर शाखाले लगाएको छ र सो रेष्टुरेन्टले भविष्यमा उक्त घटना नदोहो-याउने अर्थात् भविष्यमा सो रेष्टुरेन्टमा गरिने कुनै पनि प्रकारको नाचगानलगायतका कार्यक्रमहरुमा प्रवेश सुविधा नदिए सो रेष्टुरेन्टमा हुने सार्वजनिक कार्यक्रमको ‘समाचार संकलन नगर्ने’ बेलायतस्थित समस्त पत्रकारहरुको तर्फबाट शाखाले ‘ठहर’ गरेको जनाएको छ ।
कान्तिपुर सम्वाददाता तथा वीनेपालीका प्रधान सम्पादक नवीन पोखरेलले आफ्नो विज्ञप्तिमा धेरैअघि आफू प्रधान सम्पादक रहेको वीनेपालीले उक्त गोल्डेन सिप रेष्टुरेन्टका एक जना सञ्चालकले मातेको शुरमा त्यहाँ भइरहेको बिहेकै दिन बेहुलीलाई लेडिज ट्वाइलेटमा थुनेर जबर्जस्ती चुम्बन गर्न खोजेको भन्ने समाचार पीडितलाई उद्धृत गर्दै प्रकाशित गरेकोले वीनेपालीको टिमप्रति सो रेष्टुरेन्ट आक्रामक भएको बताएका थिए । सोही विज्ञप्तिमा व्यक्तिगत प्रतिष्ठा र व्यापारमाथि समेत असर परेको महशुस गरी ‘आपसी समझदारी’मा दुई पक्षबीचको पुरानो तिक्तता सुल्झ्याइसकेको पनि बताएका थिए । वीनेपालीमा राखिएको समाचारको केही अँश यस्तो प्रकारको थियो-
पीडितले दिएको बयानका अनुसार, आगो बल्ने एउटा ‘सट’ लिने क्रममा बेहुलीको गाला पोल्न पुग्यो । साथीहरुले आइस लगाइदिए । क्याब आइसकेकाले घर जानुअघि बेहुली ट्वाइलेट जांदै थिइन् । यत्तिकैमा सञ्चालक गुरुङले छोरी म आइस लगाइदिन्छु भनेर लेडिज ट्वाइलेट छिरे र ढोका बन्द गरिदिए । आइस त के ‘किस’ पो मागेछन् उनले । एकछिन अघिसम्म छोरी छोरी भनेका उनले एक्कासी त्यस्तो ‘सेक्युअल एब्युज’ गर्न खोजेपछि ति चेली रुंदै बाहिर आइन् । बेहुलासहित अरु साथी क्याब कुरेर बाहिर बसिरहेका थिए । पछि बेहुलीले आफ्नो कुरा भनेपछि गुरुङलाई सम्झाउंदा भनाभन भयो, हातपात पनि । गुरुङले भान्सामा गएर चक्कु ल्याउंदै ति नवदम्पत्तिको समूहमाथि आक्रमण गरेको र भान्सामा रहेका अरु कर्मचारी समेत ग्राहकमाथि जाइलागेको पीडितको दावी छ । वैवाहिक जीवनको शुरुकै दिन भएको खुशीको त्यो माहोल धेरै टिकेन । रेष्टुरेन्ट अब युद्ध मैदानमा परिणत भएपछि प्रहरी आइपुग्यो । प्रहरीले गुरुङलाई समातेर साउथ ह्यारो पुलिस स्टेशनमा राखेको नवदम्पत्तिका एक प्रत्यक्षदर्शी साथीले जनाएकी छिन् । ‘म आइस लगाइदिन्छु छोरी भनेर मेरो अस्मिता लुट्न खोजियो’, ति बेहुलीको भनाइ उधृत गर्दै साथीले भनिन्, ‘रेष्टुरेन्ट सञ्चालकले नै यस्तो व्यवहार गरेपछि हामीलाई असह्य भएको छ । अब नेपाली संघसंस्थामार्फत हामी सशक्त कदम चाल्नेछौं ।’
वीनेपालीले ०७१ को माघ २१ गते विहान छापेको …रेष्टुरेन्ट सञ्चालकले बेहुलीलाई लेडिज ट्वाइलेटमा थुनेपछि…शीर्षक राखेर समाचार छापेकोले सो रेष्टुरेन्ट सञ्चालक वा सो रेष्टुरेन्ट ‘आक्रामक’ भएको विज्ञप्तिमा बताएका थिए र साथमा ‘आपसी समझदारी’ पनि भएको लेखेका थिए तर वीनेपालीले सो समझदारीबारे कतै छापेको देखिएको छैन, न त पुलिसले गुरुङलाई लिएर गएको पनि बताइएको सो समाचारको ‘फलोअप’ समाचार नै छापेको थियो । यता गुरुङ वा ‘आपसी समझादारी’मा बाँधिएको सो रेष्टुरेन्टले नै सो ‘समझदारी’लाई सार्वजनिक गर्न भनेको देखियो । तर माथिको घटनामा थाहा भएअनुसारको वीनेपालीबाट गरिएको गल्तीनामा स्वीकारोक्ति यस प्रकारको रहेछ, जो अंग्रेजीमा लेखिएको रहेछ ।
In respect to our article published on 04/02/2015 titled:
RESTAURANT SANCHALAK LE BEHULI LAI LADIES TOILET MA THUNEPACHHI on www.wenepali.com,
We published this news on the basis of information given by our source but we, now realised our source has been misled and having taken full responsibility of that error,
We personally express our sincerest apology to Mr. Sanat Gurung, owner of the Golden Sip Banqueting Suite, who has since, suffered damage to his personal reputation, integrity and commercial damage to his business.
We wish Mr. Sanat Gurung and his business well for the future and have agreed to assist in repairing his personal reputation, integrity and commercial damage to his business by promoting the Golden Sip Banqueting Suite on our website.
आफैमा अन्यौल देखिने घटनाक्रमको सार्वजनिक भएपछि सो रेष्टुरेन्टमा उक्त सञ्चालकमध्ये एक देब गुरुङले भनेको भन्दै नेपाल ब्रिटेन डट कमले छापेको समाचारअनुसार आफूले दुर्व्यवहार गरेको प्रमाणित गर्न पत्रकार नवीन पोखरेललाई चुनौति दिएका छन् । गुरुङको भनाइलाई नेपालब्रिटेनले गुरुङले जारी गरेको ‘विज्ञप्ति’ भन्दै छापेको अँश यस प्रकार छ-
इ-कान्तिपुर डट कम र नेपाल व्रिटेन डट कममा आज [मंगलवार] प्रकाशित पत्रकार पोख्रेल माथि लण्डनमा दुरव्यवहार, समाचार संकलनमा रोक शिर्षकमा छापिएको समाचार प्रति मेरो ध्यान आकार्षण भएको छ । समाचारमा उल्लेख भए वमोजिमका निम्न कुराहरुको वुदांगत रुपमा खण्डन गर्न चाहान्छु । पत्रकार जस्तो मर्यादित पेसालाई गलत रुपमा प्रयोग नगर्न समेत आग्रह गर्दछु । १। उक्त दिन कुनै पनि औपचारिक कार्यक्रमको आयोजना नभएको, हरेक हप्ता रेष्टुरेण्टको नियमित रमाइलो विषेश गरि नयां वर्षको रमझम मात्र गरिएको । २।ञपत्रकार नविन पोखरेललाई कुनै निमन्त्रणा नगरिएको । ३। हामी संग हाल संम कुनै सुरक्षा गार्ड नभएको हुदा सुरक्षा गार्ड वोलाएर दुरव्यवहार गरेको भन्ने कपोकल्पित आरोप। ४। मैले कुनै अपमान वा दुरव्यवहार नगरेको । [सीसीटिभी मा हेर्न सकिनेछ ।] ५। मेरो विजिनेस पार्टनर संग विगतमा भएको तिक्तता के कसरी भएको थियो र वी नेपाली डट कमले माफी मागेको तथ्यलाई मध्य नजर गर्दै एउटा सामान्य विषयलाई अतिरन्जित नगरी दुवै तर्फको सत्य तथ्यलाई अगाडी ल्याउन मेरो आग्रह छ । -देव गुरुङ
केहीअगाडि नेपाल पत्रकार महासँघ यूके शाखाका एक उपाध्यक्ष धर्मराज अधिकारीलाई समाचाजिक सञ्जालमा ब्रिटेन नेपाल च्याम्बरस् अफ कमर्शका अध्यक्ष राजन कँडेलले धर्मराजले आफ्नो फेसबुक वालमा लेखेको एक स्टाटसमाथि प्रतिक्रिया गर्ने क्रममा एनआरएनए यूकेका पूर्व प्रा. सुवेदीको बदनाम गर्नको लागि अध्यक्ष योगेन क्षेत्रीले उनलाई कति पैसा दिएका थिए भन्ने राखेका प्रश्नलाई आधार बनाएर नेपाल पत्रकार महासँघ बेलायत शाखाको आधिकारिक विज्ञप्ति सार्वजनिक भएको थियो, जसमा भनिएको थियो –
नेपाल पत्रकार महासंघ बेलायत शाखाले एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष धर्मराज अधिकारीलाई सामाजिक सञ्जाल फेसबुकमा लगाइएको आरोप गम्भीर भएको जनाएको छ ।
शाखाका महासचिव श्याम लुईंटेलद्वारा जारी विज्ञप्तिमा सामाजिक संजालमा व्यक्तितगत चरित्र हत्या हुने खालका सामांग्री राख्नु निन्दनीय कार्य भएको उल्लेख छ । बेलायतका एकजना व्यवसायी एवंब्रिटेन नेपाल चेम्बर्स अफ कमर्शका चेयरम्यान राजन कंडेलले मिति २०१४ नोभेम्बर १६ गतेका दिन सामाजिक सञ्जाल फेसबुकमार्फत् अधिकारीको चरित्र हत्या गर्ने प्रयास गरेका थिए । कंडेल नेपालस्थित द ब्रिटिश कलेजका एम डी पनि हुन । सामाजिक सञ्जालमा कसैको व्यक्तिगत चरित्र हत्या हुने खालका सामांग्री नराख्न र सामाजिक संजालको गरिमालाई समेत ख्याल राख्दै मर्यादित भाषाको प्रयोग गर्न पत्रकार महासंघ बेलायत शाखाले सबैमा आग्रह गरेको छ ।
र त्यस सम्वन्धमा छलफल गर्न शाखाको ७ डिसेम्बर, आइतबार लण्डनमा पूर्ण बैठक बोलाएको बताएको थियो, जो साविकको दिनमा बीबीसी कार्यालयमा कार्यरत भगीरथ योगीको सौजन्यमा प्राप्त भएको त्यहाँको सानो मिटिङ कोठामा भएको थियो र छलफलको नतिजा सार्वजनिक भएन, ‘आपसी समझदारी’ भएको सो शाखाका अध्यक्षबाट मौखिक रुपमा सुनाइएको थियो । त्यसबारे सो घटनाका एक पक्ष स्वयं धर्मराज अधिकारी पनि ‘मौन’ थिए ।
नेपाल पत्रकार महासँघको शाखाको रुपमा रहेको बेलायत शाखामा नियम तथा पद्धतिको अभावमा नेपाल पत्रकार महासँघ जस्तो गरिमामय संस्थाको मानलाई हानी गरिएको लाग्ने माथिकै घटनाले जनाएको सम्वद्धहरु बताउँदछन् । समस्त पत्रकारहरुको तर्फबाट बोलिने अनि निकालिने विज्ञप्तिहरुका लागि सरसल्लाह नै नगरिएको देखिएको छ । एउटै कार्य समितिमा पनि भिन्दाभिन्दै विचारहरु बोकेर हिँडेका पाइने सदस्यहरुबाट आम रुपमा तथा प्रजातान्त्रिक रुपमा फैसलाहरु गर्न नसकिएको देखिएको छ । आम बेलायती नेपाली समाजमा घट्ने घटनाहरुबाट पीडित हुने पत्रकारहरुका सम्वन्धमा नेपाल पत्रकार महासँघ, बेलायतस्थित पत्रकारहरुलाई परिचय पत्र विरतणलगायत लेबीहरु बटुल्नेबाहेक कुनै नीति तथा कार्यमुलक अवस्थाहरुमा साथ नरहेको आरोप महासँघलाई बाराम्बार लागेको छ ।
बताइएअनुसार, रेष्टुरेन्टमा राखिने नाचगानलगायतका कार्यक्रमहरुमा पत्रकारहरुका लागि प्रवेश सुविधा दिनै पर्ने कुनै पनि कानूनी धारामा लेखिएको छैन । सार्वजनिक कार्यहरु सार्वजनिक स्थलमा भएको खण्डमा पत्रकारहरुलाई रोक लगाउनु नमिल्ने तर नीजी तथा व्यावसायिक स्थलमा राखिने कार्यक्रमहरु कुनै अर्थमा पनि सार्जजनिक नहुने भन्ने एक थरिको भनाइ रहेको छ । अतः त्यस्ता स्थलमा आउनका लागि गरिने निमन्त्रणाबाहेक पत्रकारहरु भएकोले नै सो सुविधा उपलब्ध हुनुपर्दछ भन्ने पत्रकारिताको ‘दादागिरी’ हो भन्ने केही भनाइहरु आम भएका छन् ।
नेपाल पत्रकार महासँघको बेलायत शाखालाई पत्रकारहरुका आम सरोकारका विषयहरुमा संस्थाको गरिमालाई ध्यान दिएर सही र सान्दर्भिक निर्णयहरु गर्नु पर्ने देखिएको छ ।


प्रतिक्रिया