लन्डन । बिक्रम सम्बत २०७२ सालको नयाँ बर्षलाइ मध्यनजर गर्दै आयोजक समूह बीजीजेले ख्यातिप्राप्त केही नेपाली कलाकाररुलाई बेलायतमा ल्याउने पक्का भएकोछ | आयोजक मध्यका बीरेन खड्काले दिएको जानकारीअनुसार यही अप्रिल २७ तारेखका दिन गायिका अन्जु पन्त, नायिका प्रियंका कार्की र गायक शिव परियार लन्डन आइपुग्ने भएकाछन् | गत बर्ष पनि महजोडी संगको कार्यक्रममा अन्जु पन्तको सहभागिता हुने पक्का भए पनि भीसाको समस्याका कारण उनको बेलायत भ्रमण स्थगित भएको थियो | तर यसपटक भने उनको भीसा लागिसकेको र दर्शकहरुलाई आशंका नहोस् भन्नाको लागि कार्यक्रम हुनुभन्दा केही दिनअगाडि नै उनीहरुलाई लन्डन ल्याउने तयारी गरेको खड्काले बताएकाछनन्|
अन्जु पन्त यसअघि पनि एकपटक आइसकेकी छन् भने गायक शिव परियार र नायिका प्रियंका कार्कीकाे भने बेलायतको यो नै पहिलो भ्रमण हुनेछ | मे २ मा अल्डरसटको प्रिन्सेस हलमा, ३ मेमा वुल्विचको न्यू वाइन चर्च हलमा, ९ मेमा ग्रीन्फोर्डस्थित ग्रीन्फोर्ड टाउन हलमा र अन्तिम शो मे १० का दिन हकिंग्स कम्युनिटि सेन्टर फोक्सटन, केन्टमा गरी चार स्थानमा कार्यक्रम हुने तय भइसकेको र टिकट बिक्रि पनि शुरु भइरहेको कुरा आयोजकले बताएकाछन् भने अग्रिम रुपमा टिकट लिन चाहनेको लागि १५ पाउण्ड र सोही दिन हलमै टिकट लिन चाहनेहरुको लागि भने २० पाउण्ड टिकट दर कायम गरिएको बताइएकाे छ |
कार्यक्रमबारे बिस्तृत जानकारी एवम् कलाकार्हरुसंग अन्तरक्रियासमेत गराउने उद्देश्यले यही अप्रिल २८ तारेखका दिन साँझ ७ बजे आयोजकको तर्फबाट गोर्खा स्पाइस वर्ल्डमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएकोछ |
[youtube]https://www.youtube.com/watch?v=22XC06cLepw [/youtube]
प्रतिक्रिया