गोल्डेन सिप रेष्टुरेन्टबाट गल्ति नदोहो-याउने प्रतिवद्धता, पत्रकारहरुलाई रेष्टुरेन्टबाट स्वागत

गोल्डेन सिप रेष्टुरेन्टबाट गल्ति नदोहो-याउने प्रतिवद्धता, पत्रकारहरुलाई रेष्टुरेन्टबाट स्वागत


gsipलण्डन / गत हप्ता पत्रकार नवीन पोखरेलमाथि गरिएको दुर्व्यवहारपछि नेपाल पत्रकार महासँघ यूके शाखाले; सो रेष्टुरेन्टले उक्त प्रकारको गल्ति नदाहो-याउने प्रतिवद्धतालाई सार्वजनिक नगरेसम्म कुनै पनि पत्रकारहरुले सो रेष्टुरेन्टमा हुने सार्वजनिक कार्यक्रमहरुको समाचार संकलन गर्न नजाने भन्ने विज्ञप्ति जारी गर्दै समाचारहरु बनाएपछि साविकवमोजिक सो रेष्टुरेन्टका संचालक देब गुरुंगबाट निकालिएको विज्ञप्ति सार्वजनिक भएको छ । जसमा भनिएको छ —

हालै हाम्रो रेष्टुरेन्टमा पत्रकार नवीन पोखरेलमाथि दुरब्यवार भयो भनी विभिन्न अनलाइनहरुमा आएको समाचारप्रति यस गोल्डेनसीप रेटुरेन्टको ध्यानाकर्षण भइसकेको छ । हाम्रो रेष्टुरेन्टमा हुने सार्वजानिक कार्यक्रममा समाचार संकलन गर्न आउन पत्रकारलाई रोकतोक नभएको पुनः प्रष्ट पार्न चाहन्छौं । सञ्चारमाध्यमको महत्व र गम्भीरताप्रति हामी आफैं सजक र सचेत छौं । विगतका भएका त्यस्ता खाले घटनालाई पुनः नदोहराइने प्रतिबद्धताका साथ आगामी दिनमा हुने कार्यक्रममा निर्विवाद समाचार संकलन गर्न आउन बेलायतस्थित नेपाल पत्रकार महासंघ यूके शाखालगायतका सञ्चारकर्मी मित्रहरुलाई आमन्त्रण गर्दछु ।
-देब गुरुङ
गोल्डेनसीप रेष्टुरेन्ट, निर्देशक

पत्रकार नवीन पोखरेलले आफूमाथि भएको दुर्व्यवहार समाचार बनाएर सार्वजनिक गरेपछि सो घटनाको पक्ष र विपक्षमा अन्य समाचारहरु आउन थालेको लगत्तै रेष्टुरेन्ट निर्देशक गुरुंगले नेपाल ब्रिटेन डटकमद्वारा आफूले निज पत्रकार पोखरेललाई दुर्व्यवहार गरेको प्रमाण ल्याउनका लागि च्यालेन्ज गरेका थिए तर आउँदो आइतबार गैरआवासीय नेपाली संघ बेलायत शाखाले आफ्नो नितान्तै नौलो प्रकारको प्रस्तुतिस्वरुप बेलायतमा बसोबास गर्दै आएका पीएचडी होल्डर नेपालीहरुलाई गर्ने सम्मान ‘समाचारविहीन’ होला भन्ने डरले सो संस्थाका महासचिव राजकुमार त्रिपाठी, नेपाल पत्रकार महासँघ बेलायत शाखाका अध्यक्ष चिरण शर्मालगायत स्वयं दुर्व्यवहार खप्न वाध्य भएका पत्रकार नविन पोखरेलको संयुक्त प्रयासमा समझादारी कायम भएको भन्ने भनाइहरु बाहिर आएका छन् ।
मानिसहरुको व्यक्तित्व उनीहरुको रुपले, लवाइखुवाइले तथा शिक्षादीक्षाले गर्दा नभई तिनको बोलीले निर्धारण गर्दछ । बामेलीमा हुने वा रहने प्रभावले गर्दछ । तिनको अभावमा ती व्यक्तित्वहरु प्रभावहीन हुन्छन् ।‘ –फेल्थाम निवासी कूल पाण्डे बताउँदछन् ।