नकारात्मकताबाट उन्मुक्ति दिँदै सकारात्मकतातिर लैजान मद्दत्त दिने पुस्तक

नकारात्मकताबाट उन्मुक्ति दिँदै सकारात्मकतातिर लैजान मद्दत्त दिने पुस्तक


Rachanaa Jain speaking at the launch of her bookलण्डन । गत शनिबार, साउथ हलस्थित द सेन्टर अफ बैनक्वेटिंगमा भारतकी सुप्रसिद्ध आध्यात्मिक चिन्तक तथा लेखक रचना जैनले आफ्नो AWAKE YOUR DREAMS, STOP PROCRASTINATION! START ACHIEVING! शीर्षकको पुस्तकको वितरण कार्यको शुभारम्भ गरेकी थिईन् । एमेजनलगायत संसारका विभिन्न 2000 पुस्तक पशलहरुमा बेच्न राखिने सो पुस्तकको मूल्य £24.99 राखिएको छ ।

आध्यात्मिक चिन्तक तथा आरोग्य उपाशक जैनको सो पुस्तकको विधिवत वितरणको उद्घाटनको समयमा विभिन्न गन्यमान्यहरुको उपस्थिति रहेको थियो,जसमा मुख्यत आगामी मेमा हुन गइरहेको निर्वाचनमा लेबोरको तर्फबाट प्रत्यासी बनेका वीरेन शर्मालगायत विभिन्न सीईओहरु, डाक्टरहरु तथा अन्य आध्यात्मिक चिन्तकहरुको राम्रो उपस्थिति रहेको थियो । आफ्नो पुस्तकमा रचना जैनले, आध्यात्मिक पद्धतिकमा आधारित सिद्धान्तहरु, तिनका रहस्यहरु र विविध आध्यात्मिक अभ्यासहरुका उदाहरण समेटकी बताएकिथिईन् । आफ्नो ज्ञान तथा आफूले सिकेका पद्धतिहरुलाई आम बनाउने आफ्नो चाहना भएको बताउने जैनले अगाडि भनेकी थिईन् -‘म यो पुस्तकको वितरणको उदघाटनसँगै अति नै रोमान्चित भएकीछु । मेरो यो पुस्तकले पाठकहरुलाई तिनको सपना तथा योजनाहरुलाई कार्य दिशा दिन कत्तिको सजिलो छ भन्ने सिकाउँदछ । यदि मेरो पाठकले मैले देखाएको पक्षहरुमध्ये केहीलाई मात्र आफ्नो जीवन शैलीमा ढाल्नको लागि अनुशरण गरे, तिनले आफ्नो जीवनलाई नकारात्मकताबाट उन्मुक्ति दिँदै सकारात्मकतातिर लैजान मद्दत्त दिनेछ र जीवनलाई गतिशील बनाउँदै लक्षप्राप्तितर्फ अभिमुख गराउँदछ ।’

Rachanaa Jain's Bookएक सय आठ पेज भएको AWAKE YOUR DREAMS, STOP PROCRASTINATION! START ACHIEVING! शीर्षकको पुस्तक एक नन-फिक्सन बुक हो । निर्देशित कार्यपद्धतिलाई व्याख्यासहित स्वयं-पुस्टि हुने तथा गर्न सकिने किसिमको यो पुस्तकले आम व्यक्तिले आम जीवनमा आम रुपमा भोग्ने थरिथरिका कठिनाइहरुउपर पार पाउनका लागि सविस्तार गरिएको निर्देशित कार्य सुविधाहरुको संग्रह हो ।

रचना जैन एक लेखिका, एक जीवन शिक्षिका, एक प्रमाणित रेकी मास्टर हुन् । उनी दैबीय सन्देश लिमिटेड नामको कम्पनीको सस्थापक हुन् । उनी आध्यात्मिक चिकित्सा अन्गर्ततकी माहिर हुन् भने, उनका अन्य गुणहरुमा टैरो कार्ड पढ्न सक्ने, एन्जल कार्ड पढ्न सक्ने, फेंगसुई जान्ने आदि हो । स्वभाविक रुपमा व्यक्तिहरुका भावनाहरुलाई पढ्दै तिनमा भएको उर्जा शक्तिहरुको पहिचान गरी तिनलाई मार्ग निर्देशन गर्नसक्ने ज्ञानहरुको खोज नै मुख्यतथा डिभाइन म्यासेजेजश कम्पनीको हो ।

AWAKE YOUR DREAMS, STOP PROCRASTINATION! START ACHIEVING! शीर्षकको सो पुस्तक खासगरी नव व्यावसायीहरु, अभिभावकहरु, विद्यार्थीहरुलगायत कुनै पनि व्यवधानमा पर्न नरुचाउने व्यक्ति विशेषेहरुको लागि लाभदायक हुने बताइएको छ । यससम्वन्धी ज्यादा जानकारी लेखिकाकै वेबसाइट www.rachanaajain.com बाट प्राप्त गर्न सकिने छ ।