मोडल हन्टको उपाधिका लागि भिड्दै ५० मोडल

मोडल हन्टको उपाधिका लागि भिड्दै ५० मोडल


‘जोय मोडल हन्ट नेपाल २०२५’को अन्तिम शनिबार प्रतिस्पर्धा शनिबार आयोजना हुँदैछ । होटल याक एण्ड यतिमा आयोजना हुने प्रतिस्पर्धा ५० प्रतियोगी उपाधिका लागि भिड्दैछन् । प्रतियोगिताको अन्तिम तयारी सकिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

प्रतियोगितामा पुरुषतर्फका उपाधिका लागि १७ प्रतियोगी रहेकाछन् भने महिलातर्फको उपाधिका लागि ३३ प्रतियोगी रहेका छन् । सबै प्रतियोगी छनौट चरणको विभिन्न प्रतियोगिता पार गर्दै फाइलनमा पुगेका हुन् ।

फाइनल प्रतियोगिताका लागि सबै प्रतियोगीले व्यक्तित्व विकास, शारीरिक बनावट, ऱ्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन विभिन्न प्रशिक्षणसमेत लिएका छन् ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ९ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षणसमेत बढ्दो रहेको छ । प्रतियोगिताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटफर्मको सृजना गर्ने आयोजक संस्थाका नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । उनले प्रतियोगिताको फाइनल एक भब्य कार्यक्रमसहित आयोजना हुने र जसमा थुप्रै चर्चित ब्यक्तिहरुको समेत सहभागिता रहने जानकारी दिए ।