चलचित्र विकास बोर्डले १६ जना विद्यार्थीलाई चलचित्रसम्बन्धी अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । माध्यमिक तहमा १, स्नातक तह पहिलो वर्षको लागि १२ जना, विद्यावारिधीको लागि एक र दर्शनाचार्यको लागि एक जनालाई छात्रवृत्ति प्रदान गरिएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिएका छन् ।
उनले भनेका छन्- ‘चलचित्र अध्ययन, अनुसन्धान एवं विद्धत् वृत्तिका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गर्ने गरेका छौँ । यसवर्षबाट माध्यमिक तहमा अध्ययन गर्न चाहने विद्यार्थीले पनि छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ ।’
उनले छात्रवृत्ति वापतको रकम सम्बन्धित कलेजलाई हस्तान्तरण गरिएको बताए । माध्यमिक र स्नातक तहका विद्यार्थीको छात्रवृत्ति अस्कर कलेजका संयोजक नवनिधि दाहाल र फिल्म क्याम्पस तथा सङ्गीत विद्यालयका प्रधानाध्यापक शिशिर उप्रेतीलाई हस्तान्तरण रकम हस्तान्तरण गरियो । बोर्डका अनुसार माध्यमिक तहको लागि रू. १५ हजार, दर्शनाचार्य, विद्यावारिधी र स्नातक तह पहिलो वर्षको लागि ५० हजार छात्रवृतिका लागि उपलब्ध गराइएको छ ।
प्रतिक्रिया