लन्डन, ताप्लेजुंग जिल्लाको सदरमुकाम फुंगलिंगमा २०७१ चैत्र ९ गतेका दिन भएको भीषण आगलागीबाट पीडित परिवारहरुको सहयोगार्थ नेकपा एमाले भ्रात्रृ संगठन प्रवासी नेपाली मंच यूकेको संयोजनमा पांच लाख पांच हजार पचपन्न रुपैयाँ संकलन भएकोछ । ताप्लेजुंग काठमाडौँ मंचले आयोजना गरेको एक कार्यक्रममार्फत उक्त रकमलाई एमाले उप(महासचीव घनश्याम भुषालको प्रमुख आतीथ्यमा एमालेकी यूरोप इन्चार्ज राम कुमारी झाँक्रीले काठमान्डौमा हस्तान्तरण गरेकिछन् । सो रकमलाई उप-महासचिव भुषालले मंचका अध्यक्ष्य अग्नी पौडेललाई बुझाएको र चाँडै नै पीडित समक्ष पुर्याइने जानकारी कार्यक्रम समक्ष दिएका थिए । सो कार्यक्रममा सम्पर्क मंच सह-ईन्चार्ज बिजय गुरुङ, केसहरु ठाकुर गैरे, देबराज घिमिरे, सोम मिश्र, टंक कार्की तथा डा सुरेन्द्र केसी लगायतका बुद्दिजिबीहरु समेतको उपस्थिति रहेको थियो ।
रकम संकलनमा बिशेषगरी यूरोप इन्चार्ज झाँक्रीको पहल, प्रवासी नेपाली मंचका अध्यक्ष्य रामशरण सिम्खडाको संयोजन, सल्लाहकार शुष्मा राई र सचिव योगेश भट्टराइको निकै ठूलो योगदान रहेकोछ । उक्त आगलागीका कारण ताप्लेजुंग जिल्लाको सदरमुकाम फुंगलिंग क्षेत्रका ३५ वटा घर खरानी बनेका थिए । त्यस्तै गरी ९० भन्दा परिवारका सैयौं ब्यक्तिहरु बिस्थापित भएका थिए भने करोडौ रकम बराबरको क्षेती भएको थियो ।
प्रवासी मंच यूकेका अध्यक्ष्य रामशरण सिम्खडाद्वारा सामाजिक संजालमार्फत गरिएको उक्त आव्हानलाई बेलायतलगायत विभिन्न ठाउँका नेपाली मनहरुले सहयोग गरेका थिए । प्रवासमा बसेर आफ्नो मातृभूमिमा हुने गरेका अनेकौं दु:ख पिडामा सहयोग गर्न विश्वभरि छरिएर रहेका नेपालीले महत्वपूर्ण योग्दान दिंदै आइरहेकाछन् ।
सामाचारसंग सम्बन्धित भीडीयोको लागि तल क्लिक गर्नुहोला:-
[youtube width=”480″ height=”480″]https://www.youtube.com/watch?v=EPRUT2yv38s[/youtube]
[youtube width=”480″ height=”480″]https://www.youtube.com/watch?v=WPO2CrOYrm0[/youtube]
प्रतिक्रिया