लन्डन, यही २५ अप्रिल शनिवारका दिन नेपालमा गएको ७.९ रेक्टर स्केलको विनाशकारी भूकम्पले गरेको क्षतीको सहयोगको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो पहललाई तदारुकताका साथ अगाडि ल्याउँदै राहत संकलनको कार्य शुरु गरिसकेकोछ । एनआरएनए केन्द्रिय प्रतिनिधिहरुले आ-आफ्नो तर्फबाट राहत रकमको पनि कबोलसमेत गरिसकाछन् । महासचिव कुमार पन्तले सामाजिक संजालमार्फत उल्लेख गरेअनुसार, अध्यक्ष शेष घले र श्रीमती जमुना घलेबाट रु २ करोड, उपाध्यक्ष भवन भट्ट रु १ करोड,उपाध्यक्ष्य टी.बी. कार्कीबाट रु १ लाख १ हजार, महासचिव कुमार पन्तबाट रु १० लाख, सचिव रन्जु थापाबाट रु १ लाख १ हजार, प्रवक्ता मन के.सी.बाट १ लाख १ हजारको सहयोग घोषणा भइसकेकोछ । तेस्तै गरि महिला संयोजक सपिला राजभण्डारी १ लाख, एनसीसी बेल्जियम १० लाख, उमेश अधिकारी कतार १ लाख, रमेश अर्याल १ लाख १ हजार, राजन कुँवर १ लाख १ हजार १ शय, अर्जुन कुमार श्रेष्ठ आर.सी. यूरोपबाट २ लाख २२ हजार २ शय २२, टंक लम्शाल जर्मनीबाट रु १ लाख, र केदार प्रशाद गजुरेल जर्मनीबाट पनि रु १ लाख रकम दिने कबोल भइसकेका छन् । साथै बिभिन्न देशमा रहेका एनआरएनलाइ पनि सहयोग गर्नको लागि अपिल समेत गरिसकेकोछ । सोहि अवसरमा अध्यक्ष्य घलेले भनेकाछन “म संसारभर फैलिएर रहनुभएका सम्पूर्ण गैरआवासीय नेपाली साथीहरुलाई मातृभूमीको यो दुःख र बिपद्को अबस्थालाई गहिरोगरी आत्मसात गर्न र सहयोगका लागि अग्रसर रहन हार्दिक अनुरोध गर्दछु”।
हुन त नेपालमा हुने गरेका आपतबिपतका घडीमा बिभिन्न नेपाली समाजहरुले पनि आ-आफ्नो क्षेत्रहरुबाट सक्दो योगदान गरिरहेकछन् । सम्पूर्ण नेपालीहरुलाई समेट्ने गरी गठित एनआरएनएको भने छुट्टै किसिमको अस्तित्व रहेकोछ भने उसको जिम्मेवारी पनि सोही अनुरुपको रहेको हुँदा एनआरएनएको भूमिका अझ बढी प्रभावकारी हुनु आवश्यक छ । राहत संकलनको क्रममा विभिन्न संघ संस्थाहरुले पनि आफ्नो अग्रसरता देखाउने क्रम शुरु भइसकेकोछ । मोना यूकेले पनि ५ लाख ३३ हजार सहयोग रकम संकलन गरिसकेकोछ । त्यस्तै क्षेत्री समाज बेलायतका अध्यक्ष्य प्रेम बहादुर खड्काले एक बिज्ञप्ति जारि गरि राहत संकलनको कार्य शुरु भैसकेको बताएकाछन् ।

प्रतिक्रिया