भूकम्प पीडितको सहयोगमा जुट्यो सेफ एशोसियसन

भूकम्प पीडितको सहयोगमा जुट्यो सेफ एशोसियसन


1379591_639790816041069_576677702_nलन्डन । बेलायतलाई कर्मथलो बनाउंदै आएका नेपाली सेफहरुको पेशाागत संगठन नेप्लिज सेफ एसोसिएसन यूकेले नेपालको महाभूकम्प पीडितहरुको सहयोगका लागि सबैमा अपील गरेको छ ।
एशोसियसनका अध्यक्ष कृष्ण तिमिल्सिनाले अपील गर्दै मुलुक प्रशव वेदनामा रहेको बेला आआफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउन सम्पूर्ण सेफ तथा प्रवासमा रहेका नेपाली दाजुभाई दिदीवहिनीहरुलाई आव्हान गरेका छन् ।
देश नै राष्ट्रिय संकटमा रहेको बेला मानवीय नाताले सहयोग पुर्‍याउनु सम्पूर्ण नेपालीको कर्तव्य भएको बताउंदै अध्यक्ष तिमिल्सिनाले यस्तो पवित्र कर्ममा हात फैलाउन आग्रह गरेका हुन् ।
यसअघि आइतबार नेपाली दूतावास लण्डनमा आयोजित एक आकष्मिक भेलामा अध्यक्ष तिमिल्सिनाले आफ्नो तर्फबाट करीब पांचलाख रुपैयां पीडितहरुलाई दिने घोषणा गरेका थिए ।
378803_294557383897749_783524505_nउनले सेफ एशोसियसन युकेको HSBC Bank: NCA UK , Sort Code 40-22-30 A/C no. 31471287 मा रकम जम्मा गरी सहयोग पुर्‍याउन आग्रह गरेका छन् ।
सेफ एशोसयसन युकेमा बेलायतलाई कर्मथलो बनाएका सयौं नेपाली सेफहरु आबद्ध छन् ।