लन्डन । जनसम्पर्क समिति बेलायत शाखाले गत शनिबार, नेपालमा गएकाे महाभूकम्पले गर्दा हजाराैं मानिसहरूकाे ज्यान जानुका साथै हजाराैं घाइते बनाएकाे र लाखाैं घरबारविहीन तथा कराेडाैं धनसम्पतिकाे नास भएकाे सन्दर्भमा हार्दिक समवेदना प्रकट गर्दै समस्यामा परेका नेपालीहरूका घाउमा महलम लगाउने हेतु बेलायतमा तिनिहरूका सहयाेगकाे लागि चन्दा संकलन गर्न थालेकाे विज्ञप्ति प्रकाशित गरी समितिका तर्फबाट महासचिव शिव तिमल्सिनाले बताएका छन् ।
एनपीसीसी यूकेले महाभूकम्पकाे लागि गर्ने फन्ड रैजका लागि युवराज गुरूङकाे संयाेजनमा तर्कजंग गुरूङ, काेपिला सुब्बा, प्रवेश के.सी., सूर्य तामाङ, हितकाजी गुरूङ, नारायण अाचार्य, शैलेन्द्र काजी श्रेष्ठ, राजेन्द्र सुवेदी र रिचार्ड गुरूङ गरी दश सदस्यीय समिति तयार पारेकाे छ र संस्थाका कार्यकारी सदस्यहरूलगायत साधारण सदस्यहरू, सहयाेगीहरू तथा सर्वसाधारणहरूलार्इ संस्थाका उक्त फन्ड रैज टिमलार्इ सहगाउन विज्ञप्तिमार्फत भनेकाे छ ।
प्रतिक्रिया