लन्डन । भर्खरै, जीअारएनसी अर्थात् ग्रेट रशमूर नेपलिज कम्युनिटिले रि.मे.टिकेन्द्र दल देवानकाे अध्यक्षतामा एक अाकस्मिक वैठक बसी नेपालमा भर्खरै गएकाे महाभूकम्पमा धन, जनकाे क्षति भएकाे दुःखद परिस्थितमा अाफनाे कर्तव्य सम्झँदै सहयाेग गर्नुपर्ने ठानी, जसमा भूकम्प पीडितहरूका लागि तुरून्तै राहत दिनकाे लागि यहाँ टेन्ट खडा गरी राहतका सामांग्रीहरूलार्इ संकलन गरी नेपाल पठाउनका लागि तयार पारिने जनाएकाे छ । जसमा, भूकम्प पीडितहरूलार्इ तुरून्तै राहत पुग्ने वस्तुहरूमा ब्लांकेटहरू, स्लीपिङ ब्यागहरू, टेन्टहरू, लत्ता कपडाहरूलगायतका सामानहरू राखिने छ । यी समानहरू संस्थामा सल्लाहकार रि. मे. डमर घले, एमबीर्इलार्इ बुझाइने छ, जाे अाउँदाे ७ तारिखभित्र नेपाल पठाइने पनि साेही खबरमा बताइएकाे छ ।
नगद सहयाेगका लागि संस्थाकाे ब्यांक एकाउन्ट – HSBC Bank Sort Code 40-35-45 and Account number 21427792 अाफनाे नाम रेफेरेन्समा लेखी पठाउन सकिनेछ, जसकाे बारेमा निम्न व्यक्तिहरूलार्इ जानकारी दिनुपर्ने बताइएकाे छ :
Ramdhan Rai – 07727027949- Treasurer
J Belbase VP – 07900905379
Om Thapa VP – 07886928430
Rohit Gurung – 07951477691 (Gen Sec)
गत अाइतबार, बेलायतका लागि नेपाली दूतावासमा बेलायतमा बसाेबास गर्ने नेपालीहरूकाे एक अाकस्मिक वैठकमा पारित गरिएकाे फैसलाअनुसार नेपालका लागि दूतावासकाे संलग्नतामा कामहरू भइरहेका हुन् ।
-राेहित गुरूङ
प्रतिक्रिया