लन्डन | हालै नेपालमा गएको विनासकारी महाभूकम्पलाई सहयोग गर्ने उद्देश्यले बिजीजे ग्रुप बेलायतको आयोजनामा नेपालका लोकप्रिय कलाकार अन्जु पन्त र शिव परियार लन्डन आइपुगेकाछन् भने प्रियेंका कार्की केहि दिनभित्रै आइपुग्नेछिन | २७ मे का दिन नै कलाकारहरु लन्डन आउने तय भयता पनि नेपालमा भएको बर्तमान परिस्थितिले गर्दा एक दिन ढिला गरी २८ मे का दिन लन्डन आइपुगेका हुन् | सोही दिन साँझ आयोजक समूहले ग्रीन्फोर्डस्थित गोर्खा स्पाइसी रेस्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो | पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष्य चिरन शर्मा भू पु अध्यक्ष्य नविन पोख्रेललगायत विभिन्न पत्रकार र आयोजक समूहको उपस्थितिमा गरिएको उक्त सम्मेलनमा आयोजकका तर्फबाट कार्यक्रमको तयारी तथा उद्देश्यको बारेमा जानकारी गराइएको थियो भने कलाकारहरुले पनि आ-आफ्नो पिडायुक्त भावना ब्यक्त गरेका थिए | त्यस्तैगरी पत्रकारहरुले पनि कार्यक्रम तथा कलाकारहरूप्रति केही जिज्ञासा राखेका थिए |
२४/२५ घण्टा लगाएर लन्डन आइपुगेको र नेपालको बर्तमान परिस्थितिले चिन्तित देखिएका कलाकारको आँखामा खासै रौनकता देखिदैन थियो | सम्मेलनमा बोल्दै आयोजकका तर्फबाट गणेश गुरुंगले भने, व्यापारिक प्रयोजनको उद्देश्यले कार्यक्रमको तय गरिएको भए पनि नेपालमा आइपरेको विपत्तिका कारण यसको उद्देश्यलाई परिवर्तन गरिएको बताए | नेपालक भूकम्प पीडितहरुलाई अलिकति भए पनि राहत पुर्याउने उद्देश्यले यस कार्यक्रमबाट उठेको रकमलाई खर्च कटाएर भूकम्प पीडितलाई सहयोग गर्ने कुरा ब्यक्त गरेका थिए | त्यस्तै गरी गायिका अन्जु पन्तले पनि यस किसिमको विषम परिस्थितिमा दर्शकहरुलाई मनोरंजन गराएर हँसाउने र नचाउने भन्दा पनि स्वदेशको पीडामा डुबेका नेपालीहरुको आत्मामा सान्त्वना दिने खालका प्रस्तुतिहरु राखेर दु:ख सुख बाँड्ने सोच रहेको बताएकी थिईन् | साथै आफूले पहिलादेखि नै सहयोग गर्दै आइरहेको र यसपटक पनि आफ्नो तर्फबाट भूकम्प पीडितलाई सक्दो सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरेकी थिइन् | गायक शिव परियारले पनि हालै गएको महाभूकम्पको प्रत्यक्ष्य अनुभव भोगेको दुखेसो पोखेका थिए | यसपटक लन्डन उनको लागि पहिलो भ्रमण भए पनि यस परिस्थितीमा खासै उत्सुकता नभएको कुरा ब्यक्त गरेका थिए | तैपनि केही रकम भूकम्प पीडितलाई सहयोग गर्छु भन्ने अठोट लिएर आएको हुँदा सबैले मनोरन्जनको दृष्टिले मात्र होइन एउटा राहत संकलनको सहयोगको रुपमा हेरिदिनको लागि आग्रहसमेत गरेका थिए |
आयोजकले दिएको जानकारीअनुसार मे ३ मा हुने भनिएको कार्यक्रमलाई भने बिशेष कारणबस सोही स्थान र समयमा मे १७ मा सारी येकोछ भने अन्य कार्यक्रमहरु पहिलो शो मे २ का दिन अल्डरसटस्थित प्रिन्सेस हलमा, दोस्रो शो ९ मे का दिन ग्रीन्फोर्ड टाउन हल ग्रीन्फोर्डमा, तेस्रो शो १० मे का दिन फोक्सटन केन्टमा हुनेछ भने अन्तिम शो मे १७ का दिन वुल्विचको न्यू वाइन चर्च हलमा हुने भएकोछ |
Rest pictures will be updated soon.
भिडियो शिब भण्डारी
[youtube]https://www.youtube.com/watch?v=H1kVzUk1AK4[/youtube]
प्रतिक्रिया