शिव कल्चर सेण्टरले श्रध्दान्जली सभा गर्ने

शिव कल्चर सेण्टरले श्रध्दान्जली सभा गर्ने


earthअल्डरशट । गत २५ अप्रिल शनिवार नेपालमा भएको विनाशकारी भूकम्पमा जीवन गुमाएका नेपाली तथा विदेशीको आत्माको चीर शान्तित्को कामना गर्नका लागि शिव कल्चर तथा कम्युनिटि सेण्टर अल्डरशटले एक श्रध्दान्जली सभाको आयोजना गर्ने भएको छ । अल्डरशटको आर्मी क्याम्पमा रहेको क्वीन्स एभिन्युको चौरमा आउँदो मे ४ ताीरख सोमवार बैंक होलीडेको दिन, दिनको २ ब्जे हुने सो कार्यक्रममा स्थानीय सबै संघसंस्था, काउन्सील, एम पी, भूपू सैनिक, सर्विङ आर्मी, पुलिस, सबै राजनितिक पार्टी प्रतिनिधि र स्थानीयहरु सबैलाई खुल्ला र व्यक्तिगत निमन्त्रणासमेत गरेको छ ।
आयोजकहरुका अनुसार उक्त कार्यक्रमा फार्नवरो, अल्डरशट, क्याम्बर्ली, गिलफोर्ड समेतबाट प्रत्येक नेपाली धूप तथा मैन बत्ति बाली श्रध्दान्जली दिन आउने छन् भन्ने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागी सबै संघसंस्थाका एक एक जना प्रतिनिधिले मंचबाट श्रध्दान्जली दिन पाउने छन् ।
आयोजकहरुले कार्यक्रमलाई प्रभावकारी बनाउन एक व्यक्ति एक धूप र एक बत्तीको व्यवस्थासमेत मिलाएको छ । सहभागी सबैले धूप र दीयो जलाउन पाउने छन् । कार्यक्रम अंग्रेजी र नेपाली दुबै भाषा संचालन गर्ने भएका छन् ।
अल्डरशट जाऊ श्रध्दान्जली चढाऊ ।।।।