लन्डन / हालै नेपालमा गएको महाभूकम्पका कारण ज्यान गुमाउनेहरुको संख्या ६००० पुग्न लगिसकेकोछ, जुन संख्या निरन्तर बढ्दै गइरहेकोछ । घाइतेहरुको संख्या पनि त्यत्तिकै मात्रामा बढिरहेकोछ, जसका कारण अस्पतालमा उपचार गर्नको लागि खुल्ला चउरमा राखेर उपचार गराउनु परिरहेकोछ । विश्वका विभिन्न मुलुकबाट राहतस्वरूप विभिन्न प्रकारका सहयोगहरु उपलब्ध भइरहे तापनि पीडितहरुलाई राहत पुर्याउने कार्यभने सन्तोषजनक नरहेको उल्लेख गरिएकोछ । यस्तो परिस्थितिलाई मध्यनजर गर्दै गैर आवासीय नेपाली संघले आफ्नै सक्रियतामा राहत वितरण गर्ने योजना बनाएर अघि बढेकोछ । लगभग दश हजार परिवारलाई आफ्नै तर्फबाट सहयोग पुर्याउने उद्देश्यले आफ्नै सक्रियतामा राहत वितरण शुरु गरिएको अध्यक्ष शेष घलेले जानकारी दिएकाछन् ।
गैर आवासीय नेपाली संघ यूकेले नेपालमा भइरहेको गम्भीर अवस्थालाई मध्यनजर गर्दै आकस्मिक सचिवालय बैठक बसेकोछ । बैठकको निर्णयअनुसार देशमा भैरहेको गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै पीडित परिवारलाई तत्काल आकस्मिक उद्दार पुर्याउने हेतुले महासचिव आर के त्रिपाठीको संयोजकत्वमा एन आरएनए आइसीसीसंग संयोजन गर्दै धादिंग र नुवाकोटमा गएर स्थलगत राहत उपलब्ध गराउने निर्णयका साथ एक टोलीको गठन गरेको कुरा गैरआवासीय नेपाली संघ यूकेका तत्कालीन अध्यक्ष्य महेन्द्र कंडेलले सामाजिक संजालमार्फत जानकारी गराएका छन् । उनले दिएको जानकारीअनुसार उक्त टोलीमा सुष्मा राई, बालकृष्ण गुरुङ, शान्ति थापा, फडिन्द्र भट्टराई, सुरज के.सी.,र कल्पना अम्बुहांग रहेकाछन् । साथै हजारौं ग्रेजुएट्सका यूवा स्वेमसेवीहरु पनि रहनेछन्, जसमा अशोकनाथ योगी, सुजाता श्रेष्ठ र अन्जु मल्ल लगायतका ब्यक्तिहरु रहनेछन् ।
[youtube]https://youtu.be/6kCNBpHVxXQ[/youtube]
प्रतिक्रिया