लन्डन । गत २५ तारिख, ७.९ रेक्टरकाे भूकम्पबाट लगभग ६००० मानिसहरूकाे ज्यान जानुका साथै कराेडाैं रूपैंयाबराबरकाे धनमालकाे नाेक्सानी भएकाे छ । असी लाख नेपालीहरूलार्इ प्रभावित पारेकाे महाभूकम्पले संसारकाे ध्यान नेपालतिर खिँचेकाे छ । देशविदेशमा रहेका नेपालीहरूलगायत अनेकाैं विदेशी देशहरूले भूकम्प पीडितहरूलार्इ राहत प्रदान गर्नकाे लागि विविध प्रकारका राहत सामांग्रीहरूका साथै नगद पैसाहरू पठाउने क्रम सेलाएकाे छैन । नेपाल भूकम्प पीडितहरूका राहतकाे लागि गरिएकाे अपीलकाे एकै दिनमा बेलायती जनताबाट १९ मिलियन पाउण्ड संकलित भएकाे छ ।
The DEC Nepal Earthquake Appeal ले खासगरी जाेयना लुम्लेबाट टीभीलगायतका संचार माध्यमहरूबाट प्रचारप्रसार गराएपछि व्यापकता लिएकाे उक्त फन्ड रायज इभेन्ट बेलायती महारानी र राजकुमार प्रिन्सकाे साथ पाएपछि अत्याधिक गति लिएकाे थियाे ।
दुर्इ सय वर्षसम्मकाे अापसी दाैत्य सम्वन्ध रहेकाे बेलायत र नेपालबीच कालान्तारदेखि सेतुकाे रूपमा गुर्खा सिपाहींहरू रहेका छन् । यस सेतुले नेपाललार्इ बेलायतसँग भावानात्मक रूपमा गाँसेकाे छ । गुर्खा परम्पराकै देनस्वरूप अाज हजाराैं गुर्खा सन्तानहरू बेलायतमा स्थायी बसाेबास गर्दैछन् भने सयाैं गुर्खाहरू बेलायती भूमि तथा अन्य भूमिमा यस देशकाे गरिमाकाे लागि, रक्षाकाे लागि दिनरात खटिरहेकाे छ । गुर्खाहरूका याे पक्षलार्इ नजिकबाट अात्मसात गर्दै अाएकी जाेयना लुम्लेकाे भावुक अपील, या रानी र राजकुमारकाे संलग्नता या गुर्खा संस्कारलार्इ इज्जत गर्ने बेलायती मानसिकता हुन सक्दछ, फिलिपिन्स ताइफून, पूर्वी अफ्रिका क्राइसिस, हैटी भूकम्प, वा पाकिस्तान बाढीका लागि उठाइएका सबै फन्ड राइजहरूकाे अंकलार्इ एकै दिनमा उछिनेकाे याे The DEC Nepal Earthquake Appeal बाट उठेकाे रकमले सबैलार्इ उछिनेकाे छ । बेलायत सरकारले दिएकाे चन्दाभन्दा बढी बेलायती जनताले एकै दिनमा रकमकाे जम्मा गरिसकेका छन् ।
त्यस रकमकाे सही उपयाेग हाेस् भन्ने कामना । जाेयनाकाे याे प्रयासलार्इ साथ दिनकाे लागि निम्न लिङकमा क्लिक गर्नुहाेस् ।
http://www.dec.org.uk/
news source-ITV News
प्रतिक्रिया