कलाकार ‘चेत राजा’को निधन

कलाकार ‘चेत राजा’को निधन


नेपाल चलचित्र कलाकार संघका पूर्व महासचिव चेतबहादुर सिंहको निधन भएको छ । नेपाली चलचित्र क्षेत्रमा ‘चेत राजा’को नामबाट परिचित कुँवरको शुक्रबार (१६ फागुन) महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।

कलाकार संघका निवर्तमान अध्यक्ष नायक रविन्द्र खड्काले दिएको जानकारीअनुसार केही समयदेखि जण्डिसको समस्याबाट पीडित कलाकार सिंहलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

मालपोत कार्यालय धादिङका प्रमुख मालपोत अधिकृतसमेत रहेका सिंहको शुक्रबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको निधनले नेपाली कलाक्षेत्रलाई शोकमग्न तुल्याएको जनाइएको छ।