अल्डरशटमा श्रद्धान्जली सभा

अल्डरशटमा श्रद्धान्जली सभा


3फार्नवरो, अल्डरशट । आज शिव कल्चरल एण्ड कम्युनिटि सेण्टरको आयोजनामा भव्य श्रद्धान्जली सभा भयो । जसमा गत २५ अप्रिलका दिन नेपालमा गएको महाविनाशकारी भूकम्पमा परी दिवंगत भएका नेपाली तथा विदेशीहरूको आत्माको चीरशान्ति र घाइते भर्इ उपचार गराइरहेकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै हज्जारौ नेपाली तथा स्थानीयहरु शिव कल्चर कम्युनिटि सेन्टरमा जम्मा भएका थिए ।
सेण्टरका महासचिव मे रि सूर्य उपाध्यायले संचालन गरेको सो कार्यक्रमा रसमुर वरोका मेयर डाइ यान वेडफोर्ड र शिव कल्चरलका अध्यक्ष प्रकाश राउतले संयुक्त रुपमा पानसमा बत्ती बालेर श्रद्धान्जली चढाएपछि उपस्थित सबैले दीप प्रज्वलन गरेका थिए । दीप प्रज्वलनबाटै नेपालको नक्शा र अंग्रेजीमा पनि नेपाल लेखिएको थियो । कार्यक्रममा दुई मिनट मृत आत्माको शान्तिको लागि मौन धारण, बौद्ध गुरु र पण्डितहरूबाट शान्ति वाचन पनि गरिएको थियो ।
कार्यक्रममा रसमुर क्षेत्रका सबै नेपाली संघसंस्था, स्थानीय राजनीतिक प्रतिनिधि र अल्डरशटस्थित आर्मी क्याम्पका चिफ अफ कमाण्डरसहित सर्भिङ गोर्खाहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रमको जानकारी गराउन एभरेष्ट मिडिया, आईटीभी र क्रिष्टल टीभी र अन्य संचार माध्यमले गराइरहेका थिए । संस्थाका उपाध्यक्ष सुनित जैनले सहभागी सबैलाई स्वागत गरेका थिए भने अध्यक्ष प्रकाश राउतले धन्यवाद ज्ञापन गर्दै कायक्रमको समापन भएको थियो ।
15
2
20
4
8
9
[youtube]https://www.youtube.com/watch?v=TYQCrShvDQk[/youtube]
[youtube]https://www.youtube.com/watch?v=z2xsPndavSU[/youtube]
Pictures and videos From OM Prasad Thapa