लण्डन । गत हप्ता अर्थात् अप्रिल २५ तारिख शनिबारका दिन गाेर्खा तथा लम्जुङलार्इ केन्द्र बिन्दु पारेर ७.९ रेक्टर स्कलेकाे भूकम्पले नेपालमा करीव अाठ हजार देशीविदेशी नागरिकहरूकाे ज्यान जानुका साथै हजाराैं घाइते तथा लाखाैं धनसम्पतिकाे नास भएकाे दुःखद ङटनामा बेलायतकाे तर्फबाट सहानुभूति दर्शाउनका साथै सदासयता जनाउनका लागि केही दिनअगाडि बेलायती राजकुमार विलियम अाफनाे केन्जिङ्टनस्थित वासस्थानदेखि पैदल अाएर नेपालकाे बारेमा जानकारी लिनुका साथै समवेदनाकाे पुस्तिकामा अाफनाे नाम लेखी हस्ताक्षर गरेका थिए । त्यस्तै अाज विहान नाै बजे, बेलायती परराष्ट्र मन्त्री फिलिप हामाेन्ड अाएका थिए ।
दूतावासबाट गराइएकाे जानकारीअनुसार, दूतावासमा राखिएकाे, भूकम्पबाट मृत अात्माप्रति चीरशान्तिकाे कामना गर्दै फरेन सेक्रेटरी हामाेन्डले हस्ताक्षर गरेका थिए । बेलायत सरकारकाे तर्फबाट नेपाललार्इ १५ मिलियन पाउण्ड नगदकाे राहत दिइसकेकाे छ र त्याे क्रम बढदै छ भने अभिनेत्री जाेयना लुम्लेकाे प्रयासमा बेलायती महारानी र राजकुमार विलियमकाे साथ शुरू गरिएकाे फन्ड राइजमा लगभग ४० मिलियन पाउण्ड जम्मा भइसकेकाे बताइएकाे छ ।
सेक्रेटरी हामाेन्डकाे बेलायतका लागि नेपाली दूतावासमा भएकाे उपस्थितिले निकै नै सकारात्मक प्रभाव पारेकाे छ ।



प्रतिक्रिया