नेपाली मानसिकताभित्र बेलायती राजनीति

नेपाली मानसिकताभित्र बेलायती राजनीति


nepal-earthquake1९० सालपछिकाे भूकम्प जसलाई त्यसरी नै महाभूकम्प भनियाे, गत महिनाकाे २५ तारिख गएकाे थियाे,जसले अाठाैं हजार मानिसहरूका ज्यान लिनुका साथै लाखाैं लाखाैं धनमालकाे नाेक्सानी गरेकाे छ । चिनेजानेका लगायत अाफन्तहरूका मृत्युकाे शाेक एकातिर छँदै छ, अर्काेतिर नामाेनिशान भएका तिनका घरबारहरू छन्, तिनलार्इ पुनर्संरचनामा ल्याउनका लागि गर्नुपर्ने दुःखहरूकाे विशाल अप्ठयाराहरू छन् । क्षतविक्षत पारिवारिक हालतमाथि क्षतविक्षत मानसिकता थपिएकाे हालात अहिले अाम नेपाली वृत्तसँग छ । अहिले याे अवस्था यस्ताे हाे कि, जहाँ प्रत्यक्ष पीडाहरूभन्दा अप्रत्यक्ष पीडा ज्यादा गहन र बाक्लाे लागेकाे छ । त्यसकाे दुखाइकाे माप नै छैन र लाग्छ, त्यसकाे सजिलाे निवारण नै छैन ।

संसारकाे अाँखामा नेपाल परेकाे याे क्षण, देश वा देशबाहिर बस्ने नेपालीलगायत विदेशीहरूकाे अाँखालार्इ रसाउन सक्ने क्षण भएकाे छ । हरपल टीभीमा नेपाल राेइरहेकाे हुन्छ, तिनका साथसाथै नेपाली स्वाभिमानी अात्मा राेइरहेकाे हुन्छ । सामाजिक संजालमा पानाका पाना नेपाली मानसिकताहरू रूमल्लिरहेका हुन्छन्, काेही हराएकाे शाेकमा, काेही क्षतविक्षत पाएकाे शाेकमा, काेही अरूलार्इ दुखेकाे शाेकमा भने काेही अरूले हेपेकाे झाेंकमा भावुकताहरूलार्इ अाक्राेशसहित ग्लानी अनि समवेदनलार्इ संजालका पानापानामा भरिरहेका हुन्छन् । जस्ताे एउटै लक्ष हाेस्, जस्ताे एक्लाे उत्साह हाेस्, खासगरी विदेशमा बस्ने नेपालीहरू हरेक तह र तप्काहरूमा एकवद्ध भर्इ चन्दा उठाइरहेका छन्, दान बटुलिरहेका छन् । त्यसकाे साक्षी सामाजिक संजालहरू बनिरहेका छन् । याे क्रममा, दान गर्नेहरूकाे वा सक्षमहरूकाे अर्काे हाेडबाजी चलिरहेकाे हुन्छ । व्यक्तिलगायत संघसंस्था अनि देशहरूमा पनि कसले ज्यादा दियाे र कसले ज्यादा दिने भनी प्रतिस्पर्धा चलिरहेकाे हुन्छ । समाचारपत्रहरूमा उसले किन थाेरै दियाे र उसले किन दिएन भन्नेसम्मकाे चर्चा चलिरहेका हुन्छन् ।

नेपाल अाफैमा गरीव देश हाेइन, तर सामान्य भाषामा कतिपय यस्ता वस्तुहरूकाे स्वामित्वमा नहुने अवस्थाले गर्दा वर्तमान हालातमा नेपाललार्इ गरीव देशहरूकाे समूहमा राखिएकाे देश हाे । निश्चित विलाशिताका वस्तुहरूलगायत सेवाहरूकाे उपयाेग वा उपभाेग गरिएकाे अवस्थाले सम्पन्नता अाँक्ने मानसिकतालार्इ नेपालकाे सामाजिक सम्पन्नताकाे जानकारी नै नभएकाे लाग्दछ । सुख तथा शयललार्इ हेर्ने नजरले बनाएकाे मापलार्इ नै अाधार मान्ने भए, मान्छे खुशी हुने अवस्था नै सम्पन्नता हाे भनिन्छ । अाम शैलीमा जीवनलार्इ सामाजिक जालभित्र एकवद्ध गरेर साथसाथ बिताउनेहरूकाे विशाल नेपाली समाजमा विलाशिताका वस्तुहरूले जाेडेका सुख हाेइन, पारिवारिकता अनि सामाजिकताले बनाएकाे खुशी हुन्छ । विपदमा परेका मानिसहरूलार्इ बिना कुनै स्वार्थ सहयाेगमा जुटेका अाम सर्वसाधारण नेपाली समाजकाे त्याे शैली अत्यन्तै सम्पन्न शैली हाे, सम्पन्नता हाे, गुण हाे तर अाज त्यही सम्पन्नतामा अाँच अाउन थालेकाे सर्वत्र भेटिएकाे छ ।

अाज नेपालीहरू देशभित्र वा देशबाहिर मगन्तेकाे रूपमा देखिएका छन् । भूकम्पकाे कहालीलाग्दाे परिवेशलार्इ अाधार बनाएर राहत तथा दानलार्इ अधिकार मान्न थालेकाे देख्न थालिएकाे छ । अरूकाे खाेसेर नखाने, बरू भाेकै मर्ने, अरूलार्इ हेप्न नदिने बरू पछाडि नै पर्ने, शिर काटियाेस् तर त्याे नझुकाेस् भन्ने अाम गर्विलाे पनहरू अहिलाे सतही भएका छन् । राहतका सामांग्रीहरूउपर लुछाचुँडी एकातिर भइरहेकाे छ भने, तिनकाे सही बाँडफाँड नभएकाेमा ती अाक्रामक पनि भइरहेका छन् । राहतहरूकाे विशालतालार्इ व्यवस्थापन गर्न कुनै पनि हालातले सजिलाे हाेइन र त्याे असजिलाे कामलार्इ पूरा गर्न नसकेकाे सरकारलार्इ दाेष दिन हर काेही पछाडि परेका छैनन् । के गरे त नेपाली जनताले त्याे सरकारकाे लागि, नेपालकाे लागि ? जातजातमा विभाजन भएर, सानाे सानाे समूहमा विभाजित भर्इ साझा निर्णयहरूलार्इ छायामा पार्नेदेखि व्यक्तिगत लाभकाे लागि नै अभिमुख हुँदै समस्याहरूलार्इ जटिल बनाउन सक्षम नेपालीहरूकै प्रतिनिधिहरूका ६०१ समूहले एउटा संविधानसम्म जन्माउन नसकेकाे अवस्थालार्इ नेताहरूकाे मात्र हाे भन्नु नकारापन हाे । अाज कति हाेलान् नेपालीहरू जसले इमान्दारिताका साथ सरकारी दस्तुर वा टैक्स तिरका हुन् ? अधिकारकाे माग गर्नुभन्दा पहिला जिम्मेदारी पनि वहन गर्नुपर्दछ । बेलायतमा अाम्दानीकाे राम्राे भाग टैक्स अनि इन्स्याेरेन्समा जान्छ, यहाँ बेलायती अाम अधिकारकाे मागलार्इ सरकारले रीनस्वरूप पूरा गर्दछ । के नेपालमा कुनै न कुनै अवस्थामा वा अवस्थाले देशलार्इ लुट नगर्नेहरू हाेलान् त ?

माग्ने पनलार्इ अधिकारकाे रूपमा लिने अहिले अाम नेपालीहरूलगायत नेताहरू पनि भइसकेका छन् । कुनै विदेशी चर्चित व्यक्तित्वले दान नदिने भनेकाेले, त्यसलार्इ चाेटकाे रूपमा लिनेदेखि दिनेहरूलार्इ देउताकाे रूपमा राख्ने पन लाचारीकाे पराकाष्ठा हाे ।

भूकम्पले नब्बे प्रतिशत नेपाल जर्जर भएकाे छैन, तर त्यसकाे अाभासले सय प्रतिशत नै थिल्थिलाे भएकाे छ । भूकम्पले पारेकाे धमिलाे अवस्थामा देशीविदेशी शक्तिहरूकाे खेल खेल्न मिल्ने थलाेकाे रूपमा नेपाल रहेकाे छ । मगन्तेहरूकाे एक चाैकमा दानीहरूकाे विशालतालगायत सम्पन्नताकाे विज्ञापन भएकाे छ । विदेशी हस्तक्षप नदेखिएकाे लाग्ने नेपालमा प्रत्यक्ष प्रमाणसहितकाे उदाहरण देखिएकाे छ । अाफ्नाे पारम्परिक धराेहर गुमाएर जिउँदाे विधवीजस्ताे देखिएकाे नेपाल अहिले अन्तर्राष्ट्रिय नजरमा नीरिह देखिएकाे छ । विदेशी मिडियाहरूकाे धाक एकातिर छ भने स्वेदेशी मिडियाहरूकाे निराशाजनक प्रस्तुतिले ज्यादा गहन नीरिहता छाएकाे छ । खास नहुने, खुश नदेखिने काठमाडाैंमा अहिलाे खासखुस खासखुस मात्र देखिएकाे छ । नेताहरूमा विज्ञताकाे कंगाली भेटिएका छन् र नेपाललार्इ छाडेर अनि नेपालदेखि भागेर अाएका, वीदेशमा बसाेबास गर्दै अाएका भगाैडे गैरनेपालीहरूले ती नेताहरूकाे कंगालीपनमा हाँसाे उडाइरहेका छन् । सर्वत्रबाट दयनीय देखिएका नेपाली मानसिकता बाेकेका लाग्ने बेलायती नेपाली समाजमा बेलायती राजनीति खाँदिएकाे छ ।

भाेलि अर्काे पाॅच वर्षकाे लागि बेलायतलार्इ हाक्नका लागि खासगरी कन्जर्भेटिभ र लेबाेर पार्टीबीच बराबरकाे टक्कर चलिरहेकाे छ । राजश्वलार्इ खाली पारेर त्यसकाे जिम्मा कन्जर्भेटिभ र लिबेरल डेमाेक्रेटिभ पार्टीकाे मिलिजुली सरकारलार्इ सुम्पनेहरूले फेरि सरकारलार्इ चलाउँछु भनेर हाैसेका छन् भने त्यही पार्टीकाे देनस्वरूप बेलायत भित्रिने कैंयाैं अाप्रवासीहरूमध्येका नेपाली अाप्रवासीहरू पनि हाैसिएका छन् । व्यक्तिगत वा पारिवारिक लाभकाे लागि लबाेर पार्टीलार्इ जिताउनका लागि पछि पर्ने नेपालीहरूमा नेपाली स्तरकाे मानसिकताकाे हावी अद्यावधि रहेकाे स्पष्ट देखिन्छ । नेपालमा कसैलार्इ देशकाे समुन्नतिकाे मतलव हाेइन, अाफूलगायत अाफ्नाहरूकाे लाभ चाहिन्छ, त्यस्तै यहाँ पनि त्यस्तै भएकाे लाग्दछ । टैक्स नबढार्इ जनतालार्इ विविध किसिमका कल्याणकारी प्याकेजहरू बाेकेर अाएकाे लेबाेरले कसरी त्यसकाे श्राेत खाेज्दछ, अनाैठाेलाग्दाे प्रश्न भेटिएकाे छ ।

जे भए पनि, बेलायतमा फेरि उही किसिमकाे हङ-पार्लियामेन्ट नै हुने निश्चित छ । एसएनपी, यूकेइप वा लिब्डेम्, ग्रीन पार्टीसँगकाे सरकार वा ग्रान्ड-काेअाेलिसन अर्थात् कन्जर्भेटिभ र लेबाेरकाे संयुक्त सरकार हुने हाे त्याे भने अझै निश्चित छैन ।

नेपालमा परेकाे विपदकाे घडीमा परेकाे बेलायती चुनावले अाम नेपालीहरूमा गहिराे छाप नपारेकाे देखिनु सान्दर्भिक हाे । हजाराैंका हजाराैं अाफन्तहरू अहिले समस्याकाे जालभित्र फँसेका छन् नेपालमा र तिनलार्इ सक्दाे सहयाेग गर्न तत्परता मान्य हाे तर अहिले बेलायत पढाइका लागि अाएकाहरूका केही हूल नेपालीहरू भने खुलेरै लेबाेर पार्टीका उमेदबारहरूकाे पछि लागेकाे रमाइलाे देखिएकाे छ । अाखिर व्यक्तिगत लाभ नै मुख्य हुँदाे रहेछ भन्ने जताउने प्रयास देखिएकाे छ ।
All pictures are taken from the Net.