लुम्बिनीका दश सामुदायिक विद्यालयलयमा नेपाल ओलम्पिक कमिटीले खेलकुदका विभिन्न सामग्रीहरु वितरण गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित कार्यक्रममा नेपालस्थित चिनियाँ राजदूतावासद्वारा सहयोग प्रदान गरिएको २ करोड ८० लाख रुपैयाँ बराबरको खेलकुद सामग्री नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्ले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
सहयोग हस्तान्तरण कार्यक्रम नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेको उपस्थितिमा भएको थियो ।
चीनको नयाँ लाइट फाउन्डेसनले चिनियाँ दूतावासमार्फत नेपाल ओलम्पिक कमिटीलाई उदारतापूर्वक खेलकुदका किटहरू प्रदान गरेको नेपाल ओलम्पिक कमिटीका महासचिव राजिव श्रेष्ठले जानकारी दिए ।
खेलकुदका सामानसहितका किटहरूले लुम्बिनीका १० सरकारी विद्यालयका युवा खेलाडीहरूलाई सशक्त बनाउने र स्वास्थ्य, टोलीकार्य र खेलकुदको उत्कृष्टताको संस्कृति विकास गर्दै जाने महासचिव श्रेष्ठले विश्वास ब्यक्ति गरे ।
नेपाल ओलम्पिक कमिटीले लुम्बिनीका विद्यालयमा खेलकुद सामग्री वितरणदेखि लिएर प्रयोग भए नभएको निगरानी गर्ने, लुम्बिनीका विद्यार्थीहरूलाई उनीहरूको खेलकुदका सपनाहरू पूरा गर्न गुणस्तरीय उपकरणको पहुँच सुनिश्चित गर्नुका साथै खेलकुदमार्फत उज्ज्वल भविष्य निर्माण गर्न र खेलकुदमा लगाव बढाउने नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।
प्रतिक्रिया