लन्डन । यही मे ७ तारिखका दिन बेलायतमा भएको आम निर्वाचनमा सत्तारुढ दल कन्जरभेटिभ पार्टीले बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री डेभिड क्यामरुन पुन अर्को ५ बर्षको लागि प्रधानमन्त्री हुने भएकाछन् । अघिल्लो चुनावमा ३०६ सिट जितेको कन्जरभेटिभ पार्टीले यसपटक ३३० सिट हात पारि थप २४ सिट बढायेकोछ । गतबर्ष सत्ता साझेदार समेत रहेको लिवरल डेमोक्र्याटिक पार्टीले भने नराम्रोसंग हार बेहोर्नुपरेकोछ । अघिल्लो पटक ५७ सिट हात पारेको सो पार्टीले जम्मा ८ सिटमा मात्र सीमित रहँदै ४९ सिट गुमाउन पुगेकोछ । लेवर पार्टीले पनि अघिल्लो चुनावमा २५८ सिट हात परेको थियो भने यसपटक २३२ सिट प्राप्त गरी २६ सिट गुमाउन पुगेकोछ । त्यस्तै गरी यसपटकको निर्वाचनमा एसएनपीले भने राम्रो सफलता हात पारेकोछ । अघिल्लो निर्वाचनमा जम्मा ६ सिट प्राप्त गरेको पार्टीले यसपटक ५० सिट थपेर ५६ सिट हात पार्न सफल भएकोछ । यसपटकको निर्वाचनमा नराम्रोसंग हार बेहोर्नुपरेका कारण डेमोक्र्याटका नेता निक क्लेग, लेबर नेता एड मिलिब्याण्ड र यूकेआइपीका नेता नाइजेल फराजले राजिनामा गरिसकेकाछन ।
[youtube]https://www.youtube.com/watch?v=sw4hmqVPe0E[/youtube]
प्रतिक्रिया