एनअारएन यूकेकाे प्रेस बिज्ञप्ति

एनअारएन यूकेकाे प्रेस बिज्ञप्ति


earthquakenpलण्डन । यही वैशाख १२ गते नेपालमा गएको महाविनाशकारी भुकम्पको १३औ दिन, सम्पूर्ण ज्ञात-अज्ञात भूकम्पबाट निधन भएका नागरिक एबम् ब्यक्तिहरुको आत्माले शान्ति पाओस् भन्दै मृतक आत्महरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्न एक श्रद्धाञ्जलि सभाकाे अायाेजना गरेकाे थियाे । श्रद्धाञ्जलिको साथसाथै एनआरएन यूकेले राहत उद्धार एबम् दीर्घकालीन योजनामा सहभागी हुने ब्योहरा अबगत गराएकाे छ । विपत्तिमा एक्तायेवद्ध भएर सामना गर्दै पूनर्निमाणमा लाग्नुपर्ने आजको आबस्यकता हो भन्दै जसले, जसरी, जताबाट सहयोग गरे पनि पीडित पक्षलाई सहयोग गर्नु हाम्रो धर्म हो भनेकाे छ विज्ञप्तिमार्फत । माथिका कुराहरुलाई मध्यनाजर गर्दै एन आर एन यूकेले निम्न कार्यहरु गर्ने संकल्प गरेको छ :
१. तत्काल राहत उद्धारको कार्य जारी राख्ने (एन आर एन ए आर्इसीसीमार्फत्), नेपालमा महासचिवको टोलीले काम गरिरहेको छ र दीर्घकालीन योजनाअन्तर्गत एन आर एन ए अार्इसीसीले घोसणा गरेको १००० घर निर्माण गर्ने कार्यमा सहभागी हुने।
२. भूकम्प पीडितले नेपालमा संकटकाल भएको हुँदा बेलायतमा अध्यनरत बिधार्थी एबम् अस्थाइ कामदारहरुलाई बसोबास गर्ने भीसा(VISA/RESIDENT PERMIT) उपलब्ध गराउन होम अफिस (HOME OFFICE UK)संग माग गर्ने र कानूनविदहरुको टिमलाई जिम्मा दिइनेछ (Our President Mahendra Kandel already requested with Home Office UK)साथै बिधार्थिहरुसंग सहकार्य गर्दै पिटिशनका(Petition) लागि आब्हान गरिएकोछ।
३. भूकम्पबाट ध्वस्त भएका बस्तीहरु, घर र संरचना पुन:निर्माण गर्न नेपाल सरकारलाई सुझाब दिनका लागि एक अन्तरक्रिया आयोजना गर्ने र इन्जिनियर र बिज्ञ लगायतको एक समिति बनाई प्रतिबेदन पेश गराउने।
४. चन्दा संकलनको कार्यलाई तीब्र बनाउने, अक्सफाम(OXFAM)संगको साझेदारीलाई कायम नै राख्ने।
५. बिशेष साधारण सभाले तोकिएको समितिहरुले प्रतिबेदन नबुझाएको हुदा आजको मिति ले १० दिन भित्र पेश गर्नहुन यसै विज्ञप्ति मार्फत अनुरोध गरिएकोछ।
६. भूकम्प पीडितहरुको लागि सहयोग गर्न प्रतिबद्धता गर्नुहुनेहरु सबैले संस्थाकाे बैंक खातामा रकम हस्तान्तर गरिदिनु हुन हार्दिक अनुरोध छ:
Bank Details:
BARCLAYS BANK
NRNA UK
Sort code: 20-42-73
Account no.: 43997871