तेस्रो धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव २०८१ मा चर्चित तथा लोकप्रिय गायक दुर्गेश थापा लगायका कलाकारले प्रस्तुति दिने भएका छन् ।
यही चैत १४ गते देखि गजुरी गाउँपालिकास्थित गलौंदीमा सुरु भएको महोत्सवको अवसरमा शुक्रबार (२२ चैत) गायक थापासहित एसियाकै होचो व्यक्ति मनोज गोर्खाली र राजेन्द्र पुरी लगायतको प्रस्तुति रहने छ । जिल्ला होटल संघ धादिङको आयोजना र गजुरी गाउँपालिकाको संरक्षणमा महोत्सव जारी छ ।
महोत्सवमा रैथाने खाना, कृषि उत्पादनका साथै विभिन्न लत्ताकपडा लगायतका स्टलहरु रहेका छन् । महोत्सवमा स्थानीय भेषभुषा र कलासंस्कृतिको समेत प्रर्दशन भैरहेको छ । विभिन्न खेलकुदका गतिविधि पनि महोत्सवमा आयोजना गरिएको छ ।
महोत्सवले स्थानीय उत्पादनको प्रवृद्धनमा टेवा पुऱ्याउने र आर्थिक गतिविधिमा बढावा दिने अपेक्षा गरिएको छ । अफ सिजन भएकाले विगतमा भन्दा जनसहभागिता भने केही कम देखिएको आयोजकको भनाइ छ ।
प्रतिक्रिया