नेपाल सितोरियो कराते डो सङ्घ, प्रयोगपोखरी डोजाको आयोजनामा शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता सोमबारदेखि आयोजना हुने भएको छ ।
प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक गोपाल महर्जनले जानकारी दिए । पुरुष तथा महिलामा एकल काता र कुमुतेमा समान ११–११ गरी २२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लाबाट ३५ टिमको सहभागी हुने आयोजक डोजोका प्रशिक्षक विकास महर्जनले बताए । शुक्रबार (२२ चैत) आयोजित पत्रकार सम्मेलनमा बागमती प्रदेशका सांसद रामकृष्ण चित्रकारले युवा खेलाडीलाई सङ्गठित गर्न र शहीदप्रति सम्मान व्यक्त गर्न प्रतियोगिता महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मुलुकका लागि ज्यान दिने सहिदको सम्झनामा प्रतियोगिता आयोजना गरेकामा आयोजकलाई धन्यवाद दिए ।
प्रतियोगिता सञ्चालन गर्न करिब रु १५ लाख खर्च हुने आयोजकले जनाएको छ । ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन तथा महालक्ष्मी नगरपालिका र गोदवारी नगरपालिकाको सहप्रायोजनमा हुने दुईदिने प्रतियोगिताका खेलहरू आदर्श कन्या निकेतनमा खेलाइने छ ।
प्रतिक्रिया