सोसाइटी अफ हाइली स्किल यूकेद्वारा रकम हस्तान्तरण

सोसाइटी अफ हाइली स्किल यूकेद्वारा रकम हस्तान्तरण


NSHSPLOGOलन्डन । बैशाख १२ गते अर्थात अप्रिल २५ का दिन नेपालमा गएको विनासकारी महाभूकम्पको सहयोगार्थ विश्वभरि छरिएर रहेका नेपालीहरुले मातृभूमि नेपालप्रति गरेको योगदान अत्यन्त सह्रानीय रहँदै आएकोछ । नेपालबाट हाइ स्किल स्टाटस् अन्तर्गत् बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था “सोसाइटी अफ नेप्लिज हाइली स्कील यूके” ले पनि भूकम्प पीडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषको लागि लन्डनस्थित नेपाली दूतावासमा ७ लाख रुपैयाँ बेलायतका लागि नेपाली कार्यबाहक राजदूत तेज बहादुर क्षेत्रीलाई हस्तान्तरण गरेकोछ ।

संस्थाका अध्यक्ष नारायण भट्टराइ, उपाध्यक्ष बिमल अधिकारी, आर्थिक संकलन संयोजक बिष्णु न्यौपाने र सचिव चन्द्र कार्कीको सयुक्त टोलीले ११ मे का दिन दूतावास भवनमा आएर उक्त रकम हस्तान्तरण गरेको हो । रकम हस्तान्तरण गर्दै अध्यक्ष भट्टराईले भने -“सरकार भनेको अभिभावक हो त्यसैले राज्यप्रति हाम्रो बिश्वास हुनुपर्छ, तसर्थ दूतावास राज्यको सबैभन्दा ठूलो संयन्त्र भएको हुँदा हामीले यहाँ आएर रकम हस्तान्तरण गरेका हौँ ।” अन्य संघ संस्थाहरुले पनि यस्तो किसिमको सहयोग दूतावासमार्फत गर्दा राम्रो हुने उनको भनाइ थियो । रकम बुझ्ने क्रममा का.बा. राजदूत क्षेत्रीले eca567bf007869fb9d9af530be9a37b9राज्यलाई अप्ठेरो परेको बेला देशभक्ति र भावना सबैमा हुनु आवश्यक भएकोले यसमा सबैजनाको सहयोग अपरिहार्य भएको कुरा उल्लेख गरेका थिए । यसै क्रममा सोसाइटी अफ हाइली स्किल यूकेद्वारा गरिएको यो कदम अत्यन्त प्रशंसनीय भएकोले सम्पूर्ण दूतावासलगायत नेपाल सरकारको तर्फबाट हार्दिक धन्यबाद दिएका थिए । यस किसिमको कदम भविष्यमा अन्य संघ संस्थाहरुबाट पनि हुदै जानुपर्ने उनको राय थियो । उक्त अवसरमा नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष चिरन शर्माको पनि उपस्थिति रहेको थियो ।

भूकम्प पीडितको सहयोगार्थ मे २६ का दिन का.बा राजदूत तेजबहादुर क्षेत्रीको संयोजकत्वमा “नेपाल-ब्रिटेन उद्दार तथा राहत कोष ” को गठन गरी मे २७ देखि दूतावासभित्रै एक हेल्प डेक्सको स्थापना गरेर काम गर्दै आइरहेकोछ । भूकम्प पीडितको सहयोगार्थ संकलन गरिने राहत सामग्रीलाई सर्वसुलभ तरिकाले ब्यबस्थित गरी पीडितसमक्ष पुर्याउने पहलको लागि उक्त कोषले महत्वपूर्ण भूमिका खेल्दै आएकोछ । बिहान ९ बजेबाट राति १० बजेसम्म संचालित उक्त राहत कोषलाई विभिन्न ब्यक्तिहरुले स्वयम् सेवकको रुपमा सहयोग पुर्याउँदै आएकाछन् । बिशेषगरी कृष्ण प्रसाद शर्मा, बिष्णु प्रसाद न्यौपाने, दीप गिरी, बिमल अधिकारी, भुवानी न्यौपाने, प्रेम सापकोटा र नारायण भट्टराईले मुख्य भूमिका निर्वाह गर्दै आइरहेकाछन् भने अन्य थुप्रै ब्यक्तिहरुको पनि सहयोग रहँदै आएकोछ । दूतावासले दिएको जानकारीअनुसार हालसम्म करीव ८० लाख रुपैयाँ जम्मा भइसकेकोछ भने अझै थुप्रै आश्वासन प्राप्त भइरहेकोछ । केही समय अघिसम्म दूतावासमा कार्यरत भूपू चालक तिलक थापाले पनि नगद २३ हजार दुइशय पचास रुपैयाँ भूकम्प पीडितको सहयोगार्थ रकम हस्तान्तरण गरेका थिए ।
ca89cf4b244476877d997ad4ec77b958