
लण्डन –१० मई २०१५को दिनमा प्लमस्टिड, लण्डन स्थित गेसो सभाहलमा दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको साधारण सभा अध्यक्ष, श्रीचन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । साधारण सभाको मुख्य उद्धेश्य हालसालै महाभूकम्प पीडितहरुका लागि समाजद्वारा सङ्कलन गरिएको राहत रकमबारे छलफल तथा राहत वितरण सटिक ढंगले पीँडित समुहलाई प्रत्यक्ष प्रदान गर्ने रहेको थियो । समाजका महासचिव सुमन गुरुङले सञ्चालन गरेको साधारण सभालाई समाजका उपाध्यक्ष हिराप्रसाद गुरुङले स्वागत मन्तव्यबाट सम्बोधन गरेका थिए । ४ मई २०१५को सफल विश्व शान्ती पदयात्रा र बुद्ध जयन्तीको कार्यक्रम पछि सम्पन्न यस साधारण सभामा धेरै विषयहरु उपरपनि छलफल भएको थियो । यसपालीको साधारणसभामा हल खचाखच भरिएको थियो । बुद्ध जयन्ती तथा शान्ती पदयात्राका संयोजक समाजका सल्लाहकार सुमलकुमार गुरुङले सफलता साथ सम्पन्न भएको कार्यक्रमका सहभागीहरु, कार्यकर्ताहरु सबैलाई धन्यवाद ज्ञापन गर्ने क्रममा प्रत्येक वर्ष बुद्ध जयन्तीको
दिन शान्ती पदयात्रा सम्पन्न गरिने कुरा बताएका थिए । त्यसै दिन महाभूकम्प पीडितहरुका लागि ठूलो धनराशी सङ्कलन गर्न सफल भएको थियो । यस रकम बारे कसरी नेपालमा राहत सहयोग दिने भन्ने छलफलमा समाजका सल्लाहकारहरु क्रमशः हरिप्रसाद गुरुङ (अध्यक्ष फेदिखोला समाज), हरि (गोविन्द) गुरुङ, मोहन गुरुङ, योगेश गुरुङ, ओम गुरुङ, चन्द्र गुरुङ, चैन्द्रजंग गुरुङ, चन्द्रमान गुरुङ, आमा समुहबाट सारादेवी गुरुङ, निर्मला गुरुङ, कार्यकारी समितिबाट श्रीचन्द्र गुरुङ, हिराप्रसाद गुरुङ, ह्यारी गुरुङ, सुमन गुरुङ तथा जुन गुरुङ आदिले बोलेका थिए । समाजका कोषाध्यक्ष जुन गुरुङ तथा सहकोषाध्यक्ष ह्यारी गुरुङले समाजको रकम विवरण, हालसम्म सङ्कलित रकम आदि पेश गरेका थिए । अन्तमा सङ्कलित राहत रकमका लागि योगेश गुरुङको संया.ेजनमा १३ जनाको उपसमिति गठन गरेको थियो । यहि आउने १७ मई २०१५का दिन योगेश गुरुङ आफ्नै खर्चमा नेपाल जाने तथा महाभूकम्प पीडित क्षेत्रमा गएर सर्वाधिक क्षति पुगेको स्थानमा लगभग उठेको पन्द्रह लाख रुपैयाबाट शिक्षा तथा स्वास्थ्य क्षेत्रका लागि कुनै एक स्थानमा ध्वस्त भएका संरचनाहरुको पुनःनिर्माण गरिदिने कुरामा सबै सहमति भएको थियो । राहत सङ्कल अभियानमा विशेष गरि महिलाहरुको बढि सक्रियता रहेको थियो । अन्तमा अध्यक्ष दवरा सबैलाई धन्यवाद ज्ञापन गरेर साधारण सभा समापन गरिएको थियो । सदाझै साधारण सभाको लागि मिठो भोजन उपाध्यक्ष कमला गुरुङ तथा सहसचिव निर्मला गुरुङको संयोजनमा आमा समुहले उपलब्ध गरेको थियो ।


प्रतिक्रिया