लण्डन । भूकम्पले दोश्रो पटक क्षत विक्षत बनाएको वेला मातृभूमि प्रतिको माया र जवाफदेहिता वेलायतवासी नेपालीहरुले पनि उत्तिकै महशुस गरेकाछन् । नेपाल आमा रोइरहेको देख्दा विदेशमा वसेका जो सुकै नेपालीको मन रोइरहेको देखिन्छ । यस्तो विषम परिस्थितिको सामना गर्न हरेक नेपाली कुुनै न कुनै संघ सस्था तथा व्थक्तिगत तवरवाट राहत सामाग्रि जुटाउन या पु¥याउन तथा आर्थिक सहयोग गर्न वा चन्दा संकलन गर्न लागी-परेको देखिन्छ ।
वेलायतको दक्षिण पूर्वी लण्डन, प्लमस्टेडस्थित केही महिनाअघि स्थापित नेपाली च्यारिटि संस्था एक्सन फर कम्युनिटि सपोर्ट (एफ्कोस ) यू.के. ले पनि यो महाविपत्तिको घडिमा “सकेको आर्थिक सहयोग गराैं, नेपाली मलिन मुहारमा मुस्कान ल्याऔं” भन्दै अपील गरेको थियो । त्यसैगरी प्लमस्टेड लण्डनमा कार्यरत नेपाली महिलाहरुको संगठन नेप्लिज ओमेन डेभलपमेण्ट ग्रुपले पनि सक्रिय रुपमा खटेर नगद संकलन गरेको थियो । उक्त संकलित रकम वेलायतमा वसोवास गर्दै आएका नेपाली नर्सहरुको संस्था नेप्लिज नर्सिंग एसोसियसन यू.के. लाई उपलब्ध गराउने निर्णय गरेको थियो । नर्सहरुको यो सस्थाले नेपालको भूकम्प प्रभावित क्षेत्रहरुमा घाइते र विरामीह्रुको लागि अहोरात्र खटिरहेको छ ।
हिजो आयोजित एक कार्यक्रममा एक्सन फर कम्थुनिटि सपोर्ट (एफ्कोस)यू.के. का अध्यक्ष दिनेश पौड्याल र ट्रस्टीहरुले संयुक्त रुपमा रु. २ लाख ५० हजार र नेप्लीज ओमेन डेभलपमेण्ट ग्रुपकी अध्यक्ष श्रीमती सविता गिरी तथा पदाधिकारीहरुले संयुक्त रुपमा रु.१ लाख ७६ हजारको चेक नेप्लिज नर्सिंग एसोसियसन यू.के.की अध्यक्ष श्रीमती शुशिला कार्कीलाई हस्तान्तरण गरिन् । पौडयालले चेक हस्तान्तरण गर्दै —‘हाम्रो यो सानो रकम उपचार नपाएका दुर्गम क्षेत्रका घाइतेहरुले उपचार तथा पीडितहरुले राहत पाएमा हामीले पनि देशले मागेको वखतमा आपूmहरु प्नि जुटन सकेको महशुस गर्न पाउने छौं’ भने । उनले नेप्लिज नर्सिंग एसोसियसन यू.के. ले पु¥याएको सेवाको सह्राना पनि गरे । एक्सन फर कम्थुनिटी सपोर्ट यू.के.का कोषाध्यक्ष तथा कोष संयोजक दीप गिरीले सम्पूर्ण चन्दा दाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरे । उनले अठारह दिनपछि अर्को ठूलो भूकम्पको पीडा व्यहोर्नु परेको र पूनर्निर्माणमा समेत जुट्नु पर्ने आवश्यक्ता भएकोले मनकारी चन्दा दाताहरुसमक्ष फेरि हामीहरु आएमा स्थानियवासी वेलायती एवं नेपालीहरुले मुठ्ठी खोलेर सहयोग गर्नु हुनेछ भन्ने विश्वास व्यक्त गरे ।
वेलायतमा वसोवास गरिरहेका नेपालीहरुको समूह सेल्फ हेल्पले पनि नेप्लिज नर्सिंग एसोसियसन यू.केमार्फत यस्तो दुःखको घडिमा नेपाली हुनुको कर्तब्य वोध गरी भूकम्प प्रभावित घाइते तथा विरामीलाई रु. २ लाख ३२ हजारको आर्थिक सहयोग गर्न पाउँदा आनन्द लागेको कुरा सो समूहका अध्यक्ष सुशील गौतमले वताए । “फिड हवाइल यु इट” भन्ने नाराका साथ भोलन्टियर गर्न र च्यारिटी वक्स राख्न सहयोग गर्नु हुने माया दिदिज रेस्टुराँलाई र स्वःस्फूर्त चन्दा सहयोग गर्ने स्थानीय ग्रीन पार्टीका कार्यकर्ता तथा अन्य चन्दादाताहरुलाई समूहका कोषाध्यक्ष उमेशचन्द्र गौतमले ब्यक्तिगत र समूहका तर्फवाट धन्यवाद व्यक्त गरे ।
प्राप्त चेकहरु बुझदै नेप्लिज नर्सिंग एसोसियसन यू.के.की अध्यक्ष श्रीमती कार्कीले आफ्नो संस्थालाई विश्वास गरी संकलित चन्दा रकम उपलब्ध गराएकोमा सवै स्थानीय संस्थाहरुप्रति हार्दिक आभार ब्यक्त गरे । उनले सम्पूर्ण रकम दुर्गम जिल्लाका विमारी तथा घाइतेहरुको लागि पठाइने जानकारी गराए ।
उक्त कार्यक्रम एफ्कोसका सचिव विमल अधिकारी, ट्रस्टि विष्णु न्यौपाने, नेप्लिज नर्सिंग एसोसियसन यू.के. का सचिव विनोदविकास सिंखडा तथा अन्य सदस्यहरु, नेप्लिज ओमेन डेभलपमेण्ट ग्रुपको तर्फबाट उपाध्यक्ष महिमा शाह, सचिव जमुना न्यौपाने, कोषाध्यक्ष सविता पोखरेल, पासा पूचःका सुशील प्रजापति, माधव श्रेष्ठ, आई टीभीका डकुमेण्ट्री निर्माता फ्रान्सेस, पत्रकार र स्थानीय वुद्धीजिवीहरुको उपस्थिति रहेको थियो ।
-दीप गिरी
प्रतिक्रिया