
रोयाल मेलको यो कदमको जोयना लुम्लेले खुलेरै प्रशंसा गरेकी छिन् । ‘हिमाली भेगहरुमा बाँच्ने गुर्खाहरुले पहिलो विश्वयुद्धताका फ्लाण्डरस्का हिलोमा हजारौंले आफ्नो जीवन त्याग्न वाध्य भएका थिए । ब्रिटेनको लागि तिनले गरेका त्याग र लगानीको कदर यसरी गरिएकोमा म निक्कै पुलकित भएकी छु,’ उनले भनेकी छिन् ।
हरेक वर्ष, युद्धको झलकहरु टिकटहरुमा राखिँदै जाने क्रममा रोयाल मेलले विभिन्न छ वटा क्रमशः पप्पी पोयट्री, पोट्रेटस्, वार आर्ट, मेमोरियल र आर्टेफ्याक्टस्को प्रस्तुतिहरु प्रयोग गर्नेगर्दछ ।
भर्खरै नपालमा गएको भूकम्पबाट हजारौं ज्यान जानुका साथै लाखौं लाख सम्पतिहरुको नोक्सानी भएको अवस्थालाई राहत दिनको लागि यिनै जोयना लुम्लेको अगुवाइमा आठ अर्वभन्दा ज्यादा रकम बेलायती जनताले राहत स्वरुप दिएका छन् । यसबाट पनि बेलायती जनताको हृदयमा गुर्खाहरुको लागि सदभाव पूर्ण रुपमा रहेको स्पष्ट हुन्छ । नेपालको भन्दा ज्यादा जनधनको क्षति भएको हैटीलाई भन्दा बेलायती जनताले नेपालमा भएको प्राकृतिक प्रकोपमा ज्यादा सम्वेदनशीलता देखाउनुलाई तिनीहरुको गुर्खा र तिनको पृष्ठभूमिप्रतिको मोह भएको हो भन्न हिच्किचाउनु हुँदैन ।
प्रतिक्रिया