‘भ्वाइस अफ नेपाल’को छैटौँ सिजनको उपाधि प्रोसेस पाण्डेको पोल्टामा

‘भ्वाइस अफ नेपाल’को छैटौँ सिजनको उपाधि प्रोसेस पाण्डेको पोल्टामा


‘भ्वाइस अफ नेपाल’को छैटौँ सिजनको उपाधि धादिङका प्रोसेस पाण्डेको पोल्टामा परेको छ । शुक्रबार (१९ वैशाख) राति आयोजित उक्त सांगीतिक रियालिटी टिभी शोको ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भएका हुन् ।

यस्तै, खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए । उनी कोच मेलिना राईको समूहबाट प्रतिष्पर्धी रहेका थिए । कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् । उनी कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी रहेकी थिइन् ।

विजेता घोषित भएसँगै पाण्डेले २० लाख नगद प्राप्त गरेका छन् भने अन्य दुई प्रायोजकबाट पनि उनले १/१ लाख रुपैयाँ प्राप्त गरेका छन् ।