✍ श्यामकृष्ण लम्साल
वर्तमानको
हो मा हो
चोचोमोचो नमिलाउँदा
हामी गरिव ?
हामीलाई गरिव कसले बनाएको ?
वर्तमाने मुखियाहरूको
गुलामी र चाकडी गर्न
मन छैन भन्दा
हामी गरिव ?
के बडाको गुलामी गर्न नचाहनु भनेको
गरिव हुनु हो ?
जुवा नारेको गोरु झैँ
सिर्कना बर्साउन
ढाड थापिदिनु मात्रै
आधुनिकता, सभ्यता हो भने
हामीलाई, त्यो स्वीकार्य छैन
यदि कहिल्यै
धरतीमा
सूर्योदय हुँदैन भने
ग्यारेन्टी तिमीसँग छ भने,
गरिव हुन नै मञ्जुर छ हामीलाई
के सूर्योदयविनाको
शून्य समय
सम्भव छ ?
- दिङ्ला, भोजपुर
प्रतिक्रिया