कपिलबस्तु जिल्लाको कपिलबस्तु नगरपालिका वडा नं. २ र वडा नं. ४ स्थित दुई पेट्रोल पम्पलाई सिल गरिएको छ ।
कपिलबस्तुका सहायक प्रजिअ पदम लामिछानेका अनुसार कम नापतौल देखिएपछि कपिलवस्तु नगरपालिकाभित्र रहेका उमा ट्रेडिङ र ओझा पेट्रोलमा सिलबन्दी गरिएको हो ।
सहायक प्रजिअ पदम लामिछानेको अगुवाइ र गुणस्तर तथा नाप तौल कार्यालय बुटवलको टोलीले सो सिलबन्दी गरेको हो । दुई पेट्रोल पम्प धनीलाई ३ दिनभित्र बुटवल हाजिर हुन निर्देशन समेत दिइएको छ । चार पेट्रोल पम्पको अनुगमन तथा निरीक्षण गरिएको थियो ।
प्रतिक्रिया