सिद्धार्थ बैंकका ग्राहकलाई लोमस डिजिटलमा विशेष छुट

सिद्धार्थ बैंकका ग्राहकलाई लोमस डिजिटलमा विशेष छुट


सिद्धार्थ बैंक र लोमस डिजिटल प्रा. लि. बीच बैंकका ग्राहकहरूलाई Whirlpool Products र Kitchen Aid Products मा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहरुले उत्तरढोका, काठमाण्डौस्थित लोमस डिजिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाइएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा फोनः ०१-५९७००२० र ईमेलः [email protected] मार्फत सम्पर्क गर्न सक्नेछन् ।

ज्ञातव्य छ, सिद्धार्थ बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।